निजगढ । निजगढ नगरपालिका वडा नम्बर ९ मा घर भई विगत १० वर्षदेखि कृषि पेशामा सकृय केरा किसान हिरा सारु मगरलाई बाराको निजगढमा सम्मान गरिएको छ ।
राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कारबाट समेत सम्मानित भएका हिरा मगरलाई निजगढ नगरपालिका वडा नम्बर ६ मा रहेको के.यु.डी. अर्गानिक एण्ड भर्मिक कम्पोस्ट फार्मका सञ्चालक ईश्वर सापकोटा र उदय बहादुर पाण्डेले सम्मान गरेका ह्ुन ।
सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा उत्कृष्ट योगदानको उच्च मूल्याङ्कन गर्दै राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार २०८१ द्वारा कृषी मन्त्रालयले केही समय अघि सम्मान गरेको हो । कदरपत्र सहित सम्मानित मगरलाई सञ्चालक सापकोटाले कृषि क्षेत्रको दिगो विकास र समृद्धिका लागि तपाईंको निरन्तर योगदानको अपेक्षा गर्दै अझै सकृय हुन आग्रह गरेको छ ।





