निजगढकी लम्सालको सुमो दुर्घटनामा मृत्यु

तराईसंचार
328 पाठक संख्या
पठन समय 1 मिनेट
निजगढ । बाराको निजगढ घर भई हेटौँडा उपमहानगरपालिका–४ कमलडाँडा विवाह गरी गएकी ४० वर्षीया सबिता लम्सालको हेटौँडा–काठमाडौँ जोड्ने भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डअन्तर्गत भीमफेदी गाउँपालिका–६ जुरीखेतस्थित सडकमा भएको सुमो गाडी दुर्घटनामा परी मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार सुमो दुर्घटनामा परी हालसम्म छ जनाको मृत्यु भईसकेको छ । लम्सालकी सगै रहेकी मृतक सविताका १२ वर्षीया छोरी अभ्यास लम्सालको चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो गाडी आइतबार साँझ सडकबाट १०० मिटर तल खोल्सामा खसेको हो ।
शेयर
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *