सिमरा । विश्व बंधुत्व दिवसको अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, समाज सेवा प्रभाग, सिमराले रक्तदान महाअभियान २०२५ आयोजना गर्ने भएको छ ।
“तपाईँको रगत, जीवनको वर्दान” भन्ने नाराका साथ आयोजना हुन लागेको यस महाअभियानबाट जीवन बचाउन, आशा जगाउन र समाजमा एकता सन्देश फैलाउन सकिने आयोजक संस्थाले जनाएको छ । राजयोगिनी दादी प्रकाशमणिजीको पुण्य स्मृतिमा आयोजना हुन लागेको हो ।
‘मुटुसम्म रगत पुगे शरीरको अङ्ग जोगिन्छ, थोपा थोपा रगतमा छ जीवनको रंग’ भन्ने मूल मन्त्रका साथ सुरु हुने जनाईएको छ । रक्तदान कार्यक्रम भदौ ६ गते शुक्रबार बिहान ७ बजेबाट दिउँसो ३ बजेसम्म नेपाल टेलिकम पछाडि, ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, सिमरामा सञ्चालन हुने भएको हो ।





