बाराका सात अधिकारकर्मी, राजनितीकर्मीदेखि सञ्चारकर्मी सम्मानित नामावली सहित

तराईसंचार
293 पाठक संख्या
पठन समय 2 मिनेट
निजगढ । पर्साको बिरगंजमा आयोजित बृहत महिला सम्मेलन २०८२ मा बाराबाट सात जना महिला सम्मानित भएका छन ।
सम्मानित हुनेहरुमा जनप्रतिनिधिदेखि सञ्चारकर्मी अधिकारकर्मी र स्वास्थ्यकर्मी समेत रहेका छन ।
पुर्व रास्ट्रपति बिद्यादेबी भण्डारीद्वारा नारी शक्ति समर्पण र सम्मान नाराका साथ भएको महिला सम्मेलनमा बाराको निजगढ नगरपालिका–६ सडकटोलकी सरिता सापकोटालाई महिला तथा बालबालिका क्षेत्रमा र्पुयाएको योगदान स्वरुप ‘नारीः शक्ति, समर्पण र सम्मान’ सम्मान प्रदान गरिएको छ । साथी नेपालकी अध्यक्ष सापकोटालाई वीरगञ्ज उद्योग वाणिज्य संघको आयोजनामा सम्पन्न बृहत महिला सम्मेलन २०८२ मा पूर्व राष्ट्रपति बिद्यादेवी भण्डारीले “नारीः शक्ति, समर्पण र सम्मान” प्रदान गरेकी हुन् ।
त्यसैगरी बाराको जीतपुरसिमरा उपमहानगरपालिका–४ औराहास्थित घण्टीमाई बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी अध्यक्ष कोपिला सिम्खडा ‘सफल महिला सहकारी अभियन्ता’ विधामा सम्मानित भएकी छिन् । उनी लामो समयदेखि सामाजिक र सहकारी क्षेत्रमा क्रियाशिल छिन ।
त्यसैगरी बारा कलैया निवासी पत्रकार महासंघ बाराकी उपाध्यक्ष, लोकतान्त्रिक महिला सन्जाल बाराकी सचिब, बिश्वास एफएमकी सञ्चालिका प्रियन्का दासलाई सामाजिक क्षेत्रमा गरेको योगदानको कदर स्वरूप सम्मान गरिएको छ ।
त्यसैगरी बिभिन्न संघ संस्थामा कार्यरत हुदै महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएकी नेपाल टेलिभिजनमा पर्साबाट कार्यरत सिमरा बाराकी लक्ष्मी खरेल सम्मानित भएका हुन ।
त्यसैगरी राजनैतिककर्मी समाजसेवी जितपुर सिमरा उपमहानगरपालिका १४ वडा अध्यक्ष नेकपा एमाले मधेस प्रदेश कमिटि सदस्य चयन गुरुङलाई सामाजिक क्षेत्रमा गरेको योगदानको कदर स्वरूप सम्मान गरिएको छ ।
त्यसैगरी लोकतान्त्रिक महिला सन्जालकि उपाध्यक्ष एवम महिला अधिकारकर्मी बविता जैसवाल सम्मानित भएका हुन । महिला बालबालिका र सामाजिक मानवअधिकारको क्षेत्रमा उनले लामो समयदेखि काम गर्दै आएका छन ।
बारा सिमराकी आवासिय बिद्यालय सञ्चालक नम्रता रिसाललाई पनि सामाजिक क्षेत्रमा गरेको योगदानको कदर स्वरूप सम्मान गरिएको छ ।
व्यावसायिक जीवनमा आएका अनेकौं आरोह–अवरोह, सङ्घर्ष र परिस्थितिजन्य जटिलतालाई निर्भिकताका साथ समाधान आ–आफ्नो क्षेत्रमा प्राप्त गर्नुभएको सफलता अन्य महिलाहरूका लागि समेत अनुकरणीय रहेको जनाउदै उनीहरुलाई बिरगन्ज उद्योग बाणिज्य संघले सम्मान गरेको हो ।
उनीहरुले अविच्छिन्न मिहिनेत, दूरदर्शिता, धर्म एवम् कार्य कुशलताको उच्च मूल्याङ्घन गर्दै पुर्व राष्ट्रपति बिद्यादेवी भट्टराईबाट सम्मानित भएका हुन ।
शेयर
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *