काङ्ग्रेसमा बिशेष महाधिवेशन माग, बारामा दुई दिनमा २५ को हस्ताक्षर 

तराईसंचार
546 पाठक संख्या
पठन समय 1 मिनेट
बारा । जेन्जी समुहको आन्दोलन पछि पार्टीहरुमा उठेको पुस्तान्तरणको अभियान अन्र्तगत नेपाली काङ्ग्रेसमा बिशेष महाधिवेशन मागका लागि हस्ताक्षर अभियान शुरु भएको छ ।
नेपाली काग्रेस बाराका सचिब राजेश रौनियारका अनुसार हिजोदेखि बारामा नेपाली काङ्ग्रेसमा बिशेष महाधिवेशन मागका लागि हस्ताक्षर अभियान शुरु भएको हो । बारामा आजसम्म २५ जनाले बिशेष महाधिबेशनको पक्षमा हस्ताक्षर गरेका छन । बारामा कुल एक सय महाधिबेशन प्रतिनिधि छन । करिब ५५ देखि ६० प्रतिशत हस्ताक्षर हुने अपेक्षा छ सचिब रौनियारले तराई सञ्चारसग बताउनु भएको छ ।
हस्ताक्षर अभियानमा सचिब रौनियार सहित क्षेत्रिय सभापति बिजयशंकर यादब, महासमिति सदस्य रामानन्द यादब , श्यामबाबु गुप्ता, शरदचन्द भट्टराई लगायतले खुलेर अभियानमा साथ दिएको उनको भनाई छ । सबैको साथ र सहयोगले बहुमत महासमिति सदस्यको हस्ताक्षर गराएर केही दिनमै बुझाउने र यो अभियान देशभरी भई रहेको उनको भनाई छ ।
नेपाली काग्रेसका महामन्त्रीहरु गगन थापा र बिश्वप्रकाश शर्माको पुस्तान्तरण र काग्रेसको सुधारका लागि बिशेष महाधिबेशनमा जानु पर्ने भनाई पछि हस्ताइार अभियान शुरु गरिएको सचिब रौनियारको भनाई छ ।
बारा क्षेत्र न ४ का सघिय महाधिवेशन प्रतिनिधि शरद चन्द्र भट्टराईले काङ्ग्रेसमा आमूल परिवर्तन नभएसम्म देश र जनता को भलो नहुने बताउदै बिशेष महाधिबेशन गरी पार्टीलाई बचाउनु पर्ने भएकोले हस्ताक्षर अभियानमा सरिक भएको बताउनु भएको छ ।
शेयर
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *