बारामा माटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु,छ जना घाईते 

तराईसंचार
248 पाठक संख्या
पठन समय 1 मिनेट
बारा । बारामा माटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु भएको छ भने छ जना घाईते भएका छन । मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका–६ की ७० वर्षीया सारदा देवी महतो र वडानम्बर ५ बस्ने  १५ वर्षीय सुनिल महतो रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार घाइते हुनेहरूमा वडा नम्बर ६ का १४ वर्षीय साजन महतो,  १८ वर्षीय गौतम मुखिया, वडा नम्बर ५ का १५ वर्षीय नितेश महतो, १४ वर्षीया रानी कुमारी महतो र सुशीला कुमारी र १५ वर्षीय राजाबाबु शर्मा रहेका छन् ।
शुभ दिपावली र छठ पर्वका लागि आज बिहान घरमा माटो पोत्ने कामका लागि माटो लिन जादा सिम्रौनगढ नगरपालिकाको नयाँ भवन नजिक इशरा पोखरीको डिलमा माटोको ढिस्कोमा ८ जना परेका थिए । जसमध्ये दुई जनाको मृत्यु भएको छ भने अन्य चार जना गम्भीर घाइते भएका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घाइतेको सिम्रौनगढ र कलैयास्थित अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिनु भएको छ । घर लिपपोतका लागि माटो खन्ने क्रममा ढिस्को खसेको हो । घाइतेको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा  उद्वार गरिएको हो ।
शेयर
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *