ओली बयानका लागि जानुपर्छ, अध्यक्षबाट राजीनामा दिएको भए हुन्थ्यो : वरिष्ठ उपाध्यक्ष पोखरेल

तराईसंचार
242 पाठक संख्या
पठन समय 2 मिनेट

काठमाडौँ – एमाले वरिष्ठ उपाध्यष ईश्वर पोखरेलले भदौ २३ र २४ गतेको घटनामा भएको जनधनको क्षतिबारे जाँचबुझ गर्न गठित आयोग समक्ष तत्कालीन प्रधानमन्त्री केपी ओली बयान दिन जानुपर्ने बताएका छन्।

इमेज टेलिभिजनसँगको अन्तरवार्तामा आयोगले पत्र काट्यो भने अध्यक्ष ओली जानुहुन्छ? भन्ने प्रश्नमा पोखरेल भन्छन्, ‘मलाई लाग्दछ बयानका लागि जानुपर्छ। गएर आफ्ना कुरा जो हो राख्नुपर्छ।’  वरिष्ठ उपाध्यक्ष पोखरेलले ओलीले भदौ २३ र २४ घटनाप्रति नैतिक जिम्मेवारी दिनुपर्ने समेत धरणा राखेका छन्। उनले भने, ‘यत्रो घटना घटेपछि राज्यको जिम्मेवारीमा बसेकाहरुमाथि नैतिक प्रश्न उठ्छ। नैतिक जिम्मेवारी त लिनैपर्छ।’

एमाले अध्यक्षसमेत रहेका ओलीले आयोगको वैधानिक र निष्पक्षतामाथि प्रश्न उठाउँदै बयानका लागि नजाने बताइ रहेका बेला वरिष्ठ उपाध्यक्ष पोखरेल भने त्यस मान्यताविपरी उभिएका हुन्।

ओलीले भनेका थिए, ‘केपी ओली सोझो छ भन्दैमा, आयोगहरू जसजसले जहाँ जहाँ बनाउँदै हिँड्छ । जसले सोध्दै हिँड्छ, त्यहाँ त्यहाँ लुरुलुरु गएर बयान दिने काम हो र? त्यस्ता काम केपी ओलीले गर्दैन। ओली बयान दिन आउँछ भनेर भ्रममा नपरे हुन्छ।’

पोखरेलले कार्की नेतृत्वको आयोगको निष्पक्षतामाथि प्रश्न उठाए। आयोगमा बस्नुअघि नै कार्कीले पूर्वाग्रहपूण धारणा राखेकाले त्यसका काम कारबाही निष्पक्ष नहुने उल्लेख गरे।

अन्तरवार्तामा ओलीले भनेका छन्, ‘एउटा आग्रह बनाएर, धारणा बनाएर बसेको व्यक्तिलाई नै छानबिनको प्रमुख बनाए कस्तो परिणाम आउला? सर्वोच्चकै कुनै पूर्वन्यायाधीशको अध्यक्षतामा छानबिन समिति बनाउन भनेर हाम्रोतर्फबाट अप्सनसहित आएको हो त्यो बेला। आयोगले प्रतिशोष पूर्ण तरिकाले काम नगरोस् भन्ने हाम्रो कुरा हो।’

त्यस्तै पोखरेलले भदौ २३ र २४ को घटनापछि ओलीले पार्टी अध्यक्षबाट समेत राजीनामा दिनुपर्ने बताए। प्रधानमन्त्रीबाट राजीनामा दिएपछि सरकारी निवास बालुवाटारबाट सेनाको हेलिकोप्टरमा भोगेर ज्यान जोगाएका ओलीले धेरै प्रश्न उठेपछि अध्यक्षबाट समेत राजीनामा दिनु पर्ने कुरा स्वभाविक भएको पोखरेलले उल्लेख गरे।

 

TAGGED:
शेयर
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *