वार्ताका लागिनै बटम लाईन बनाएका अरबिन्द सहित तीन पक्राउ

तराईसंचार
254 पाठक संख्या
पठन समय 2 मिनेट
बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका– २ को सिमराचोकमा बुधबार भएको युवा संघ र जेन–जी समूहबिचको झडपमा संलग्न रहेको आरोपमा बारा प्रहरीले थप एकजनालाई नियन्त्रणमा लिएको छ । बारा प्रहरीले घटनामा संलग्न जीतपुरसिमरा उपमहानगरपालिका–२ का ३८ वर्षीय अर्विन्द साहलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङले साह पक्राउ भई सकेको बताउनु भएको छ । तामाङका अनुसार सिमरा झडप प्रकरणमा बारा प्रहरीले साहसहित तीनजनालाई नियन्त्रणमा लिएको छ ।
जेन्जी युवा समुहलाई प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले पटक पटक बार्तामा बोलाउदा समेत यीनै अर्विन्द साह पक्राउ परेपछि मात्र बार्तामा बस्ने जेन्जी समुह बाराका अध्यक्ष सर्माट उपाध्यायले बताएका थिए ।
बारा प्रहरीले विहीबार जीतपुर सिमरा उपमहानगरपालिकाका २ जना वडाध्यक्षलाई पक्राउ गरि उनीहरु विरुद्ध ७ दिनको म्याद थप गरेको छ । पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का अध्यक्ष कैमद्विन अंसारीविरुद्ध ७ दिनको म्याद थप भएको हो ।
झडपपछि इलाका प्रहरी कार्यालय सिमरामा दर्ता गरिएको किटानी जाहेरीमा सम्राट उपाध्यायले आफूलाई नियोजित रूपमा लक्षित गरी आक्रमण गरेको उल्लेख गरेका छन । उनैको जाहेरीले अहिले तीन जना पक्राउ परेका हुन जाहेरी दिएका पाँच जना अझै पक्राउ पर्न बाकी छ ।
अरबिन्द साह पक्राउ मुख्य माग बनाएका जेन्जीहरु आज बार्तामा बसेपछि सिमराको केहीदिनदेखि असान्त बनेको बाताबरणले निकास पाउने बताईएको छ ।
शेयर
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *