निजगढ । स्वस्थ समुदायको निर्माण सामुदायिक स्वास्थ्य स्वयंसेविकाको योगदान भन्ने मुल नाराका साथ २२औ स्वयमसेबिका दिबस सम्पन्न भएको छ । हरेक बर्ष डिसेम्बर ५ का दिन यो दिवश देशभर मनाईन्छ ।

कार्यक्रममा नगरप्रमुख सुरथ पुरी ज्युको अध्यक्षता तथा प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट अतिथिहरु नगर उपप्रमुख सोममाया थिङ, प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतम, निजगढ नगरपालिकाका आर्थिक प्रशासन प्रमुख शिवप्रसाद देवकोटा, स्वास्थ्य शाखा प्रमुख रमेश लामाले कार्यक्रममा महिला स्वास्थ्य स्वयसेविकाहरुको भुमिका र योगदानको बारेमा आफना भनाईहरु राख्नु भएको थियो । कार्यक्रममा स्वास्थ्य शाखाका मणिश्वर घिमिरे, नगरका महिला स्वयमसेविका, स्वास्थ्य संस्था प्रमुखहरु, स्वास्थ्यकर्मी लगायतका उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण नर्सिङ सि.अ.न.मी. रामप्यारी तिमल्सिनाले गर्नु भएको थियो ।






