करेन्ट लागेर रवि सापकोटाको मृत्यु

तराईसंचार
650 पाठक संख्या
पठन समय 1 मिनेट

निजगढ । बाराको निजगढ नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बारा निजगढ वडा नं. ८ निवासी ३४ बर्षिय रवि सापकोटाको नगरपालिकाको निजगढ वडा नं. ५ प्रतिक्षा टोलमा सिसिटिभि जडानका क्रममा मृत्यु भएको हो । सापकोटा खानेपानी कार्यालय स्थित नेटको काम गर्दै आएका थिए । सिसिटिभी जडान गर्ने क्रममा पोलमै अडिकिएका सापकोटालाई भराङ हटाएर खसालीएको हो । उपचारका क्रममा सामुदायक प्रसुती अस्पतालमा निजगढ बारामा सामान्य उपचार गरि थप उपचारको लागी बयोद्या अस्पताल बिरगंज तर्फ पठाएकोमा अस्पताल पुगेको केही समयमै डाक्टर बाट प्रमाणित भएको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

शेयर
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *