बारा । नेपाल सरकारले अन्तरसरकारी वित्तीय हस्तान्तरण प्रदेश र स्थानीय तहको आर्थिक वर्ष २०८२÷०८३ को विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणमा बारामा सबैभन्दा धेरै रकम पाउनेमा उपमहानगरपालिकामा कलैया उपमहानगर, नगरपालिकामा सबैभन्दा बढी महागढीमाई नगरपालिका र पालिकाहरु मध्ये आदर्शकोतवालले बढी रकम पाएका छन ।
समानीकरण अनुदानतर्फ न्यूनतम अनुदान, सूत्रमा आधारित अनुदान, कार्य सम्पादनमा आधारित अनुदान, त्यसैगरी सशर्त अनुदानतर्फ चालु र पुँजीगत प्रकृति र विशेष अनुदान र समपुरक अनुदान पुँजीगत प्रकृतिको रकम अनुदान पाउदै आएका छन ।
बारामा सबैभन्दा बढी अनुदान पाउने दुई उपमहानगरमध्ये कलैया उपमहानगर पहिलो भएको छ भने जितपुर सिमरा उपमहानगरपालिका दोस्रो बनेको छ । कलैयाले ९६ करोड १३ लाख रुपैयाँ पाएको छ भने जितपुर सिमरा उपमहानगरपालिकाले ८६ करोड ४७ लाख पाएको छ ।
नगरपालिकाहरूमा सबैभन्दा बढी महागढीमाई नगरपालिकाले पाएको छ भने सबैभन्दा कम पचरौता नगरपालिकाले पाएको छ । महागढीमाई नगरपालिकाले ५७ करोड ५० लाख पाएको छ भने पचौता नगरपालिकाले ३९ करोड १९ लाख पाएको छ । त्यसैगरी पालिकाहरूमा सबैभन्दा बढी आदर्श कोतवाल गाउँपालिकाले पाएको छ भने सबैभन्दा कम विश्रामपुर गाउँपालिकाले पाएको छ । आदर्श कोतवाल गाउँपालिकाले ३३ करोड ९६ लाख पाउँदा विश्रामपुर गाउँपालिकाले २१ करोड २८ लाख पाएको छ ।
कार्यसम्पादनमा भने सबैभन्दा बढी अंक प्रसौनी गाउँपालिकाले ल्याएको छ । सम्पादनमा प्रसौनी गाउँपालिकाको ५३ अंक ल्याएको छ भने परवानीपुर गाउँपालिकाको ५२, कलैया उपमहानगरपालिकाले ४९ अङ्क ल्याएको छ भने निजगढ नगरपालिकाको ४८ अंक ल्याएको छ ।
त्यसैगरी देवताल गाउँपालिकाको ४६, महागढीमाई नगरपालिकाको ४३, करैयामाई गाउँपालिकाको ४४, पचरौता नगरपालिकाको४२, बारागढी गाउँपालिकाको ४२, सुवर्ण गाउँपालिकाको ४१, जितपुरसिमरा उपमहानगरपालिकाले ३७ अङ्क ल्याएको छ । त्यस्तै कोल्हवी नगरपालिकाको ३४, फेटा गाउँपालिकाको ३६, विश्रामपुर गाउँपालिकाको ३५, आदर्श कोतवाल गाउँपालिकाको ३२ र अन्तिममा सिम्रौनगढ नगरपालिकाको २५ रहेको छ । कसले कति पाए हेरौं विस्तृत विवरण





