ईश्वर सापकोटा
निजगढ । बाराको निजगढ नगरपालिकामा रहेका चेपाङ समुदायका विद्यार्थीहरूलाई ३५ जोर विद्यालय पोशाक स्कुल ब्याग र जुत्ता हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
निजगढ । बाराको निजगढ नगरपालिकामा रहेका चेपाङ समुदायका विद्यार्थीहरूलाई ३५ जोर विद्यालय पोशाक स्कुल ब्याग र जुत्ता हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
निजगढ नगरपालिका वडा नम्बर १३ सत्यश्वर आधारभूत विद्यालयमा हिमालयन बैंक निजगढद्वारा विद्यालय पोशाक स्कुल ब्याग र जुत्ता हस्तान्तरण गरिएको हो । कार्यक्रमको सभाध्यक्ष हिमालयन बैंक निजगढ शाखाका बैंक म्यानेजर सोम कार्की गर्नुभएको थियो भने प्रमुख अतिथि निजगढ नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सूर्य घलानले सहयोग गरेकोमा बैकलाई धन्यवाद दिनु भएको थियो ।

Contents
ईश्वर सापकोटा
निजगढ । बाराको निजगढ नगरपालिकामा रहेका चेपाङ समुदायका विद्यार्थीहरूलाई ३५ जोर विद्यालय पोशाक स्कुल ब्याग र जुत्ता हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।निजगढ नगरपालिका वडा नम्बर १३ सत्यश्वर आधारभूत विद्यालयमा हिमालयन बैंक निजगढद्वारा विद्यालय पोशाक स्कुल ब्याग र जुत्ता हस्तान्तरण गरिएको हो । कार्यक्रमको सभाध्यक्ष हिमालयन बैंक निजगढ शाखाका बैंक म्यानेजर सोम कार्की गर्नुभएको थियो भने प्रमुख अतिथि निजगढ नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सूर्य घलानले सहयोग गरेकोमा बैकलाई धन्यवाद दिनु भएको थियो ।कार्यक्रममा विशिष्ट अतिथि हिमालयन बैंक मधेस प्रदेशका प्रमुख सागर रेग्मी , हिमालयन बैंकका कर्मचारी रविन बराल लगायतले पोशाक वितरण गर्न पाउँदा हिमालयन बैंक खुसी भएको जनाउँदै विद्यार्थीहरूको हक हितमा सधैं काम गर्ने बताउनु भएको थियो ।बैकका मधेस प्रदेशका प्रमुख केसीले चेपाङ समुदायका विद्यार्थीले यसरी शिक्षा लिँदा हामी धेरै खुसी भएका बताउनु भएको थियो ।कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष एवम सत्येश्वर आधारभूत विद्यालयका अध्यक्ष प्रमुख अतिथि घलान ३५ जना विद्यार्थीका लागि विद्यालय पोशाक स्कुल ब्याग र जुत्ता हस्तान्तरण गर्नु भएको थियो । उहाँले हिमालयन बैंक निजगढ शाखालाई धन्यवाद दिँदै चेपाङ दलित जनजाति बाहुन क्षेत्री विभिन्न समुदायका विद्यार्थीहरू अध्ययन गर्ने हुँदा निजगढको नमुना विद्यालय रहेको घलानले बताउनु भयो ।






