दुःधको पैसा नदिएको भन्दै किसानहरु आन्दोलित, संघर्ष समिति गठन

तराईसंचार
675 पाठक संख्या
पठन समय 1 मिनेट

ईश्वर सापकोटा
निजगढ । निजगढ नगरपालिका वडा नम्बर ६ मा रहेको बागदेव दूःध उत्पादन सहकारी संस्था लिमिटेड लामो समयदेखि किसानको दुःधको पैसा नदिएको भन्दै किसानहरु आन्दोलित भएका छन । किसानहरुले दुःधको पैसा लगायतका समस्या समाधान गर्न किसान थिल प्रसाद गौतमको नेतृत्वमा संघर्ष समिति गठन गरेका छन् ।

दुधको भुक्तानीमा ढिलाई लगायतको समस्या समाधान गर्न समिति गठन गरेको बाग्देव दुध उत्पादन सहकारी संस्थाका शेयर सदस्य मोहन सापकोटाले जानकारी दिए ।

संघर्ष समितिको उपाध्यक्षमा रामकुमार सिग्देल, गोपाल प्रसाद सापकोटा, लीला राउत , रुकु आचार्य, नवराज आचार्य चयन भएका छन भने सचिवमा मोहन सापकोटा, सहसचिव नेत्रप्रसाद गौतम चयन भएका छन ।

समितिको सदस्यहरू कैलाश खड्का, कुमार खड्का, नेत्र कार्की, रुपा बहादुर तिमल्सिना, भैरव रिमाल ,नवीन चौलागाई , शान्त सापकोटा उदयराज पाण्डे, पवित्रा श्रेष्ठ , सुनिल सापकोटा , हरि लोहनी, चन्द्रप्रसाद गौतम लगायत २३ सदस्य सर्वसहमत चयन भएको सापकोटाले बताए । सङ्घर्ष समितिको आगामी दिनको रणनीति बागदेव दूःध उत्पादन सहकारी संस्थाको मूल समितिसँग छलफलमा बस्ने र किसानहरूको गुनासो र माग परिपूर्तिको लागि आह्वान गर्ने त्यसैगरी निजगढ नगरपालिकामा गई दूध किसानहरूको विषयमा गम्भीर ध्यान आकर्षण गराउने, जस्ता विभिन्न कामहरू गर्ने संघर्ष समितिका संयोजक थिलप्रसाद गौतमले जानकारी दिए ।

शेयर
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *