मिसन ८४ काँग्रेसको पक्षमा हुन्छ ः महामन्त्री शर्मा

तराईसंचार
358 पाठक संख्या
पठन समय 2 मिनेट

सिकेन्द्र पासवान
बारा ३१ असार
नेपाली काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले नेपाली काँग्रेस एक्लै चुनाव लडने सक्षम रहेको उद्धघोष गर्नु भएको छ ।

बाराको सदरमुकाम कलैयामा नेपाली काँग्रेसद्धारा आयोजित नेता, कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहनु भएको महामन्त्री शर्माले हिजो गठबन्धनका कारणले साईकल, मसाल, कलममा भोट हाल्ने बाध्यता सृजना भएको थियो तर २०८४ को आम निर्वाचनमा कसैसंग कुनै प्रकारको गठबन्धन नगरी सिगो नेपाली काँग्रेस पार्टीले नै चुनाव लडने उद्धघोष गर्नुभएको थियो ।

देशको हरेक परिवर्तनमा नेपाली काँग्रेस पार्टीको अतुल्नीय योग्दान रहेको हुदा फेरि पनि नेपाली जनताले रुख चिन्हमा नै मतदान गर्नका लागि आतुर रहेको महामन्त्री शर्माको कथन रहेको थियो । नेपाली काँग्रेसको मुख्य उदेश्य भनेको मिसन ८४ मा पार्टीको बहुमतको सरकार बनाउनका लागि अहिले देखि नै गृहकार्य तिब्र पार्दै जनताको पक्षमा काम गरिरहेको महामन्त्री शर्मा भन्नुभयो ।

जहिलेपनि नेपाली काँग्रेसले नै देशको बिकास, समृद्धिमा ठुलो योग्दान गरेको चर्चा गर्दै महामन्त्री शर्माले मुलुकमा सुशासन कायम गर्न, डण्डहिनताको अन्त्य गर्न, विधीको शासन कायम गराउन एवम प्रेस तथा अभिब्यतिm स्वतन्त्रतालाई ग्यारेन्टी गराउनका लागि पुर्ण प्रतिवद्ध रहदै आएको बताउनुभयो ।

फुटेर होईन जुटेर अगाडी बढन आग्रह गर्दै महामन्त्री शर्माले नेपाली काँग्रेस पार्टी र सरकारमा प्रतिनिधत्व गर्ने काँग्रेसका मन्त्रीहरुले गरेका राम्रो कामहरु जनजनमा पुग्न नसक्ने गरेको हुदा रामौ कामहरुको बारेमा त्यसलाई बढी भन्दा बढी जनजनमा प्रचार गर्न पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको थियो ।

सहमति, सहकार्य र एकताको सन्देश काँग्रेसले नेपाली जनतालाई पक्कै दिने छ भन्दै महामन्त्री शर्माले नेपाली काँग्रेस पार्टीको निर्वाचन २०८३ सालमा नै हुने ठोकुवा गर्नुभएको थियो ।

फरक प्रसंगमा महामन्त्री शर्माले बर्तमान अवस्थामा नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धनको सरकार रहेको भएपनि सरकारको कामकाज प्रभावकारी नरहेको टिप्नी गर्दै जनताका पक्षमा काम गरेर देखाउन सरकारलाई आग्रह गर्नुभयो ।

नेपाली काँग्रेसका पार्टी सभापति राजेश यादवको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पुर्व मन्त्री कलावती पासवान कलावती पासवान, नेपाली काँग्रेस मधेस प्रदेशका उपसभापति चन्द्रशेखर कुमार यादव, उपसभापति मनोज भट्र, अर्का उपसभापति अमिरीलाल पाल,, क्षेत्रिय सभापति बिजयशंकर यादव, रामप्रवेश यादव, सुनिल गुप्ता, प्रभात कुमार चौरसिया लगायतका नेताहरुले आफनो बिचार ब्यतm गर्नुभएको थियो ।

शेयर
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *