पालिका अध्यक्षको उजुरी, आदर्श कोतवाल गाँउपालिकाकामा आगजनी गरेको आरोपमा कुसवाहा र सिंह पक्राँउ

तराईसंचार
497 पाठक संख्या
पठन समय 1 मिनेट

सिकेन्द्र पासवान
कलैया । बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिका–१ चिउटाहाका ३० वर्षीय सामाजिक अभियन्ता प्रदीप प्रसाद कुशवाहा र वडा नम्बर ५ का अन्दाजी ३५ वर्षीय दिवेश सिंह पक्राँउ परेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, गाउँपालिकामा भएको आगजनी घटनाको छानबिनका लागि उनीहरूलाई पक्राँउ गरिएको प्रहरी प्रवतmा बिजयराज पंडितले जानकारी दिए । कुशवाहा, सिहलाई आपराधिक उपद्रव मुद्दामा पक्राउ गरिएको प्रवक्ता पण्डितले जानकारी दिएका छन् ।

कुशवाहा र अन्य युवाहरूले गाउँपालिकामा अनिश्चितकालीन तालाबन्दी गरेका थिए। प्रहरीले उनीहरूलाई ‘वार्ताका नाममा’ बोलाएर पक्राउ गरेको भन्दै सामाजिक सञ्जालमा तीव्र आक्रोश फैलिएको छ। स्थानीय समाजसेवी र सरोकारवालाहरूले कुशवाहा र सिंहलाई बिना सर्त रिहा गर्न माँग गरिएको छ ।

बाराका दुई सामाजिक अभियानतालाई अदालतले पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ ।आदर्शकोतवाल गाउँपालिकामा भएको तोडफोड तथा तालाबन्दी घटनासम्बन्धी गाउँपालिका अध्यक्ष जवाहर प्रसादले दिएको जाहेरीका आधारमा उक्त दुवै जनालाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। आपराधिक उपद्रव मुद्दामा अदालतबाट पाँच दिनको म्याद थप लिइ दुवै जनामाथि अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका छन् ।

TAGGED:
शेयर
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *