गृहमन्त्री लेखक हैजा प्रभावित वीरगञ्ज आउँदै

तराईसंचार
270 पाठक संख्या
पठन समय 1 मिनेट

सिमरा । गृहमन्त्री रमेश लेखक सुरक्षा निकायको चिकित्सकको टोलीसहित वीरगञ्जको हैजाप्रभावित क्षेत्रमा आज शनिवार आउनुहुने भएको छ ।
गृहमन्त्री लेखक हैजाबाट संक्रमित भएका बिरामीको अवस्था र हैजा नियन्त्रणका लागि अपनाउनुपर्ने आवश्यक तयारीको विषयमा आवश्यक छलफल र समन्वय गर्नका लागि शनिबार वीरगञ्ज आउन लाग्नु भएको हो । पछिल्लो समय वीरगञ्जमा हैजाको संक्रमण फैलिएपनि अहिलेसम्म हैजाको स्रोत पत्ता लाग्न भने सकेको छैन । गृहमन्त्रालयको सचिवालयका अनुसार गृहमन्त्री लेखक आज पर्सानै बस्ने र आइतबार विहान नारायणी अस्पतालमा उपचारत विरामी तथा अस्पताल प्रशासन र पर्सा जिल्लाको जिल्ला सुरक्षा समिति लगायतसँगपनि भेटघाटको कार्यक्रम रहेको छ ।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले शनिबार गृहमन्त्री लेखक वीरगञ्जमा आउने कार्यक्रम तय भएको जानकारी दिनुभयो ।
गृहमन्त्रीको सचिवालयले वीरगञ्जमा आउने नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको चिकित्सकसहितको टोलीले हैजा प्रभावित क्षेत्रका बिरामीको उपचार लगायतमा सहजीकरण गर्ने जनाएको छ ।
गत भदौं ८ गते गृहमन्त्री लेखकको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले पर्साको वीरगञ्जमा फैलिएको हैजा नियनत्रणका साथै प्रभावितको उपचारको व्यवस्थाका लागि चिकित्सकको टोली परिचालन गर्ने निर्णय गरेको थियो । सो बैठकमा गृहमन्त्री लेखकले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई हैजा नियन्त्रणमा परिचालन हुने टोलीको प्रबन्ध मिलाउन निर्देशन दिनुभएको थियो ।

शेयर
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *