वर्षाका कारण आएको पहिरो र बाढीमा परेर ज्यान गुमाउनको संख्या ५२ पुगेको छ

तराईसंचार
407 पाठक संख्या
पठन समय 1 मिनेट

काठमाडौं । शुक्रबार र शनिबार बारा लगायत देशभर निरन्तर आएको वर्षाका कारण आएको पहिरो र बाढीमा परेर ज्यान गुमाउनको संख्या ५२ पुगेको छ ।

नेपाल प्रहरीले दिएको पछिल्लो विवरण अनुसार, देशभर ज्यान गुमाउनेको संख्या ५२ पुगेको हो । जसमध्ये सबैभन्दा कोशी प्रदेशका जिल्लाहरूमा ज्यान गुमाउनेको संख्या धेरै छ । इलाममै ३७ जनाले ज्यान गुमाएका छन् । उदयपुरमा २, खोटाङमा २ र पाँचथरमा ८ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै, रौतहटमा ३ जनाले बाढीमा परेर ज्यान गुमाएका छन् । यो संख्या अझै बढने आशका छ । आज बर्षा कम भएसगै मृत्यु हुनेको बिवरण आउन थालेको हो ।

शेयर
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *