सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध जेनजीले गरेको प्रदर्शनका कारण नयाँ बानेश्वर(बबरमहल सडक प्रभावित, तस्वििरहरु

तराईसंचार
171 पाठक संख्या
पठन समय 2 मिनेट

काठमाडौं । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध जेनजीले गरेको प्रदर्शनका कारण नयाँ बानेश्वर(बबरमहल सडक प्रभावित भएको छ । जेनजी सन् १९९७ देखि २०१२ सम्म जन्मेको पुस्ताले भ्रष्टाचार र कुशासनविरुद्ध सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।

सोमबार बिहान माइतीघरमा भेला भएर युवाहरूले प्रदर्शन गरेका हुन् । बिहान साढे ९ बजेदेखि माइतीघर मण्डलामा भेला भएका युवाहरू ११ बजेपछि बानेश्वरतर्फ लागेका छन् । प्रदर्शनमा सहभागीहरूले भ्रष्टाचारविरुद्ध नारा लगाएका छन् । माइतीघर(बबरमहल हुँदै नयाँ बानेश्वर पुगेपछि जेनजीहरूले सडकका दुवैतर्फका लेनमा प्रदर्शन गरिरहेका छन् । सडकमा जेनजीहरु छपक्कै भएपछि सवारीँ आवागमन पूर्ण रुपमा बन्द भएको हो । अहिले उनीहरुलाई प्रहरीले ब्यारिकेड राखेर अघि बढ्नबाट रोकेको छ ।

आन्दोलन घोषणा गर्दा उनीहरुले संसद भवन अगाडि नै प्रदर्शन गर्ने बताएका थिए । उक्त स्थान निषेधित क्षेत्र भएकोले प्रहरीले चोक अगाडि नै रोकेको हो । भ्रष्टाचार, अव्यवस्थाविरुद्ध सामाजिक सञ्जालमा आक्रोश व्यक्त गर्दै आएका युवाहरु सामाजिक सञ्जाल नै बन्द गरिएपछि सडकमा उत्रिएका हुन् । जेनजीको आन्दोलनलाई विभिन्न राजनीतिक दल, समूह र व्यक्तिहरुले समर्थन गरेका छन् ।

कुनै राजनीतिक दल र संगठनको आह्वानमा नभई स्वतः स्फूर्त भेला भएका युवाहरूले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको पनि विरोध जनाएका छन् । जेनजीको आन्दोलन भजाउन विभिन्न राजनीतिक दल र समूहले समर्थन गरे पनि उनीहरूले राजनीतिक दलका कार्यकर्तालाई प्रदर्शनमा सहभागी नहुने बताएका हुन् । जेनजीको प्रदर्शनलाई लक्षित गरेर बानेश्वर क्षेत्रको सुरक्षा व्यवस्था कडा गरिएको छ।

 

शेयर
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *