दलित समुदायमाथि निर्घात कुटपिट, ६ जना घाईते, एक गम्भिर

तराईसंचार
362 पाठक संख्या
पठन समय 2 मिनेट
बारा । बारामा दलितहरुमाथि आज साझ कुटपिट भएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर १७ ब्रमहपुरीमा दलित समुदायका ब्यतिmहरुमाथि कुटपिट भएको हो । कुटपिटबाट ६ जना घाईते भएका छन । घाईते हुनेहरुमा गुल्चन महरा चमार,  संदिप राम, प्रदिप राम,  बबिता देबि,  रम्भा देबि, सगिता देबि रहेका छन ।
उनीहरुको कुटपिटबाट ठाउको, हात, खुटा, छाती लगायतका ठाँउमा घाउ भएको छ । घरेलु हतियार, लाठी प्रयोग गरी निर्घात कुटपिट गर्नुको साथै ठाउको समेत फुटाएको पिडित प्रदिप राम चमारले जानकारी दिएका छन । घाईतेहरुको प्रादेशिक अस्पताल कलैयामा उपचार भईरहेको छ । जसमध्ये एक संगिता देवीको अवस्था गम्भिर रहेको  प्रादेशिक अस्पताल कलैयाले जनाएको छ ।
साह र पटेल थरका केही ब्यतिmहरुले निर्घात कुटपटि गरि घाईते बनाएको पिडित चमारले बताएका छन ।
तत्कालिन दुर्गापुजाको बिषयमा भएको विवाद दलित र गैर दलित विच  अव उपरान्त विभेद नगर्ने मिलेर जाने सहमति भई आ आफनो कामकाजमा लागेको भएपनि ती पुरानै बिषय लिएर साह र पटेल थरका ब्यतिmहरुले  फेरी आफनो परिवारलाई दुर्गा पुजाको बिषयलाई नै लिएर  निर्घात कुटपिट गरेको पिडित चमारले बताएका छन ।
गत असोज महिनामा दुर्गा पुजाको बखत  दलित – चमार समुदायका ब्यतिmहरुलाई दुर्गा पुजामा बस्न नदिने र कलश यात्रामा समेत सहभागि हुन नदिने गैर दलितहरुले निर्णय गरेका थिए । सो को बिरोधमा दलित  र गैर दलित विच भएको विवादलाई लिएर दलित समुदायका राम चमार थरका ब्यतिmहरुले न्यायका लागि  जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । सोही बिषयमा उजुरी किन गरेको भन्दै फेरी विवाद भएको हो ।
  जिल्ला प्रहरी कार्यालय कार्यालयका प्रवतmा बिजयराज पंडितसंग बुझदा झगडा भएको जानकारी  भएको र झगडा छोडाई प्रहरीले नै घाईतेहरुलाई अस्पताल पठाएको बताउनु भएको छ । कसकसले कुटपिट भएको भन्ने बारेमा भने उजुरी जाहेरी आई नसकेको उनले बताए । आबश्यक छानविन गरी कार्वाहीको दायरामा ल्याउने उहाँले बताउनु भएको छ । कुटपिटको निन्दा गर्दै कानुन राज्यमा कानुनको उपहास गराउनेहरुलाई चाडो भन्दा चाडो कानुनी दायरामा ल्याउन दलित अधिकारकर्मीहरुले माँग गरेका छन । कुटपिटमा साम बालक साह, गाजिन्द्र साह, राजिन्द्र साह,रामप्रबेस साह,  दिनेश साह, सोनालाल पटेल, कृष्ण पटेल, चन्दन पटेल,दिलिप पटेल लगायतका ब्यतिmहरु रहेको चमारको भनाई छ ।
शेयर
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *