निजगढमा आकस्मिक रक्तदान कार्यक्रम हुने 

तराईसंचार
386 पाठक संख्या
पठन समय 1 मिनेट
निजगढ । निजगढ शहीद चौकमा आकस्मिक रक्तदान कार्यक्रम हुने भएको छ ।
जेन्जी समुहको आन्दोलनका कारण धेरैको चोडपटक र घाईते भएका र रगतको अभाव भएको भन्दै लायन्स क्लब अफ निजगढ, लायन्स क्लब अफ निजगढ सिटी र लायन्स क्लब अफ निजगढ युथको संयुक्त आयोजनामा सोमबार बिहान ८ बजेदेखि निजगढको सहिद चोकमा कार्यक्रम सुरु हुन लागेको हो ।
स्थानीय युवाहरु, सामाजिक अभियन्ता तथा स्वास्थ्यकर्मीहरुको उपस्थितिमा रक्तदान जीवनदान भन्ने नारा सहित हुन लागेको हो । रगतको अभावका कारण बिरामीहरुले उपचारमा कठिनाई भोग्नुपरेको अवस्थामा यो कार्यक्रमले ठुलो सहयोग गर्ने आयोजकले बताएका छन् ।
रक्तदान कार्यक्रम संयोजक खडगराज मैनालीले रक्तदान कार्यक्रमलाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताउदै मानवतामूलक कार्यक्रममा सहभागी भई रगत दान गरी पुण्य कमाउन आग्रह गर्नु भएको छ ।
रक्तदान मार्फत आकस्मिक अवस्थामा रक्त आपूर्ति सहज बनाउन र रक्त अभावका कारण कोही पनि बिरामीले जीवन गुमाउन नपरोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
शेयर
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *