एकै जिल्लामा ३४ जनाको निधन, चार बेपत्ता

तराईसंचार
221 पाठक संख्या
पठन समय 1 मिनेट

अविरल वर्षापछिको भीषण पहिरोमा इलामका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएको छ । जिल्ला प्रशासन कार्यालय इलामले दिएको विवरणमा हालसम्म ३४ जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता छन् । क्षतिग्रस्त क्षेत्रको विवरणमा सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङमा ५ जनाको मृत्यु, इलाम नगरपालिका–६, घोसमा ६ जनाको मृत्यु भएको छ । त्यस्तै बालनगाउँमा १ बेपत्ता र सन्दकपुर गाउँपालिकामा ४ को मृत्यु भएको छ भने २ बेपत्ता छन् । माङ्सेबुङ गाउँपालिकामा ३ को मृत्यु र देउमाई नगरपालिकामा ८ को मृत्यु भएको बताइएको छ । माइजोगमाई गाउँपालिकामा ७ को मृत्यु र १ बेपत्ता, फाकफोकथुम गाउँपालिकामा १ को मृत्यु भएको उल्लेख छ ।

यसैबीच, उद्धार कार्यमा सशस्त्र प्रहरी नायव निरीक्षक सुरेन्द्र डोटेल नेतृत्वमा टोली सक्रिय छ । काभ्रेको मण्डनदेउपुर घर भएका डोटेल हाल इलाममा कार्यरत छन् । उद्धार तथा खोजी कार्य जारी रहेको जिल्ला प्रशासनले जनाएको छ ।

शेयर
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *