कलैया । टिकटक भिडियो बनाउने क्रममा बाराको दुधौरा खोलामा एक युवक बेपत्ता भएका छन । बेपत्ता भएका बाराको प्रसौनी गाउँपालिका वडा नं.–२ का २१ वर्षीय बिक्की गिरी शसस्त्र प्रहरीको दिभरीको खोजी कार्यमा अझै फेला पर्न नसकेकोले सम्भावित क्षेत्रमा खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक सन्तोष तामाङले बताउनु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान गिरी आफ्ना साथीसँग कलैया–वीरगञ्ज सडकखण्ड अन्तर्गत प्रसौनीस्थित दुधौरा खोलाको पुलमा टिकटक बनाउने क्रममा बेपत्ता भएका हुन ।
साथीसगै टिकटक भिडियो बनाउने क्रममा पुलबाट हाम फालेका दुई जना मध्ये साथी पौडी खेल्दै सुरक्षित रूपमा किनारमा निस्किए पनि गिरी भने बेपत्ता भएका हुन् । सशस्त्र प्रहरी बल नेपाल नं. १२ गणका गोताखोर टोलीले उनको खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । बिहानैदेखि बेपत्ता भएपछि सम्भावित क्षेत्रमा खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।
अबिरल परेको बर्षाका कारण दुधौरा लगायत सबै खोलामा पानीको बहाव उच्च रहेको छ । बर्षाका कारण बाराको १६ पालिकाहरु मध्ये जितपुरसिमरा बाहेक १५ पालिकामा हिजोदेखिनै बिधुत सेवा अबरुद्ध बनेकोमा साझ ५ बजेदेखि बिधुत सुचारु भएको छ ।
बिधुत प्राधिकरण कलैया शाखा डुवानमा परेको र पोल र रुखहरु लडेका कारण दुई दिन बिधुत आपुर्ति सुचारु हुन नसकेको प्राधिकरण कलैया केन्द्रका प्रमुख हिमान्सु कुमार यादबले बताउनु भएको छ । बिधुत अबरुद्ध भएपछि नेपाल टेलिकमको सेवा समेत अबरुद्ध बनेको थियो । अहिले दुवै सेवा सुचारु भएको छ । Vedio terai sanchar hd मा





