बिषाक्त रक्सी सेवनका कारण मृत्यु हुनेको संख्या चार पुग्यो

तराईसंचार
356 पाठक संख्या
पठन समय 2 मिनेट

बारा । बारामा बिषाक्त रक्सी सेवनका कारण मृत्यु हुनेको संख्या चार पुगेको छ भने बिरामीको संख्या आठ पुगेको छ ।

बाराको सुवर्ण गाउपालिका वडा नं ३ पचगछिया टोलका हिजो सोमबार राती तीन जनाको मृत्यु भएको थियो भने आज बिहान थप एक जनाको मृत्यु भएको वडाअध्यक्ष राम क्षेत्री यादबले बताउनु भएको छ ।

आज मृत्यु भएकामा करिब ४० बर्षिय बिगु मुखिया रहेका छन । हिजो मृत्यु हुनेमा सोही स्थानका करिब ४५ बर्षका गोपाल यादब, करबि ५० बर्षको ऐजाजुल मिया र करिब २७ बर्षिय डिबुवा भन्ने रामसुरथ यादब रहेका छन ।

पचगछिया टोल ट्रान्सफरमर छेउमा रक्सी पसल सञ्चालन गरेका महाबिर यादबको छोरा राम भरोस यादबले सञ्चालन गरेको मदिरा पसलमा तीनै जनाले आईतबार मदिरा सेवन गरेको र मदिराकै कारण उनीहरुको मृत्यु भएको हो ।

रक्सी सेवनबाट बिरामी भएकाहरुमा अनिल यादब, गगनदेब यादब, रामजतन यादब, रामसत्य यादब,महेश यादब र वकिल यादब र अन्य द’ई जनालाई आखा सुनिने नदेखिने टाउको दुख्ने भएपछि उपचारका लागि प्रादेशिक अस्पताल कलैया पठाईएको वडाअध्यक्ष राम क्षेत्री यादबले बताउनु भएको छ ।

बारामा अबैध सञ्चालनमा रहेका यस्ता रक्सी भट्टी जताततै सञ्चालन हुदै आएको छ । प्रहरीले प्रभावकारीरुपमा नियन्त्रणको प्रयास नहुदा यस अघि बरियारपुर र विभिन्न स्थानमा मदिरा सेवनकै कारण मृत्यु भई सकेको छ ।

बाराका प्रहरी नायब उपरिक्षक सन्तोष तामाङले घटनामा कसैले उजुरी नगरेको र सबैको दाह संस्कार समेत भईसकेको बताउन भएको छ । सोमबारनै मृत्युसगै प्रहरी घटनास्थलमा पुगेपनि जानकारी नभएको जनाउदै घटनामा दोषीलाई उम्कन सहयोग गर्दै आएको स्थानीयको आरोप छ ।

सोही वडाका वडाअध्यक्ष क्षेत्रीले अस्ती रक्सी सेवन भएको र हिजो छ बजे देखि राती आठ बजेसम्म तीनै जनाको मृत्यु भएपछि प्रहरी घटनास्थलमा आएको र स्थानीय केहीले बिरामीका कारण तीनै जनाको मृत्यु भनेपछि प्रहरी यतिकै फर्किएको बताउनु भएको छ । घटना लुकाउन बिरामी भएपनि बिषाक्त रक्सी सेवनकै कारण उनीहरुको मृत्यु भएको बताईएको छ ।

बाराका सिमावर्ति गाँउमा अबैध मदिरा भट्टी सञ्चालन हुदै आएपनि त्यस क्षेत्रका प्रहरी युनिटहरुले अबैध महिनाबारी रकम उठाउदै सञ्चालन गर्न दिने गरेका स्थानीयको आरोप छ ।

प्रहरीले चारजना मृत्यु भई दर्जनौ बिरामी हुदा समेत छानविन नगरेको स्थानीयको आरोप छ ।

शेयर
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *