महासंघ बाराका अध्यक्ष सुबेदीको पछिल्ला गतिविधिप्रति युनियनको गम्भिर आरोप 

तराईसंचार
256 पाठक संख्या
पठन समय 1 मिनेट
कलैया । नेपाल प्रेस युनियन बारा शाखाले पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदीले बिधान अनुसार काम नगरेको लगायतका पछिल्ला गतिविधिप्रति कडा आपत्ति जनाएको छ । अध्यक्ष सुबेदीले संगठनको मर्यादा, उद्देश्य र पत्रकारहरूको हकहित विपरीत कार्य गर्दै आएको आरोप युनियनले आरोप लगाएको छ ।
प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबु प्रसाद यादवद्वारा जारी विज्ञप्तिमा सुवेदीले आफ्नो व्यक्तिगत स्वार्थका लागि संस्थागत निर्णयहरूलाई दुरुपयोग गरेको, पत्रकारहरूबीच विभाजन पैदा गर्ने, सामाजिक सञ्जालमा आपत्तिजनक र अपमानजनक टिप्पणी गर्ने तथा संगठनलाई निजी स्वार्थको उपकरणका रूपमा प्रयोग गरेको आरोप लगाइएको छ । “संस्थाको विधानविपरीत निर्णय लिने, व्यक्तिगत स्वार्थमा चलखेल गर्ने, पत्रकारलाई समाजलाई बदनाम गर्ने, ब्यतिगत स्वार्थको लागि चान्दाको सहयोगको नाममा संस्था र पदलाई दुरुपयोग गर्ने,महासंघ सहयोग उपभोक्ता समितिको नाममा प्रयोग गरि महासंघको गरिमा तथा अपमान गर्ने र पत्रकारहरुको बारेमा सामाजिक सञ्जालमा अपमानित शब्द प्रयोग तथा टिकाटिप्णी गर्ने गरेको आरोप लगाईएको छ ।
नेपाल प्रेस युनियन बाराले यस्ता गैरजिम्मेवार गतिविधिले समग्र पत्रकारिता पेशामाथि प्रश्न उठाएको भन्दै तुरुन्त सुधारको माग गरेको छ । युनियनले पेशागत पत्रकारिताको मर्यादा र स्वाभिमानको पक्षमा निरन्तर रुपमा दृढ रहि रहने जनाएको छ । सा.तराई सञ्चार रा.दैनिक
शेयर
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *