पुरुषोत्तम पौडेल
७\८ कक्षामा पढ्दै गर्दा मैले कम्युनिष्ट राजनितीको वारेमा थोरै सुन्ने र वुझ्ने अवसर पाएको थिए । त्यतीवेला सुनेको कम्युनिष्ट पार्टीले सत्य वोल्न सिकाउछ भन्थे । सहिलाई सहि र गलतलाई गलत भन्न सिकाउछ । सवै संग समान व्यवहार गर्न सिकाउछ । कम्युनिष्ट पार्टीले न्यायको पक्षमा लड्न साकाउछ । यो ईन्साफ गर्न सिकाउने पार्टी हो । गरिव गुरूवाको संरक्षण गर्ने पार्टी हो । यसले दुनियावाट अन्याय, अत्याचार, भ्रष्टाचार र कुसँस्कारको साम्राज्यलाई समाप्त गर्न सक्छ र न्याय पूर्ण समाजको श्रृजना गर्न सक्छ भनेर भन्थे ।
मैले पढेको कम्युनिस्ट पार्टी द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादमा बिश्वास गर्ने र समाजवाद निर्माणको निम्ती शंकल्प गरेको पार्टी हो । सवैलाई शिक्षा, स्वास्थ्य, बसोबास अर्थात गाँस, बास र कपासको ब्यवस्थाको पक्षपाती पार्टी हो । यसले आफ्नो भन्दा वढि देश र जनताको भलो चिताउछ । कम्युनिस्टहरूमा पदीय वर्ग र ठुलो सानो हुदैन । सबै बराबर हुन्छन् । यीनीहरू प्रगतीशिल विचार राख्छन । यथास्थितिवादी हुदैनन । यीनीहरू भद्र, शालीन र संस्कारी हुन्छन् । नातावाद, कृपावाद, फरियावादको यहा कुनै स्थान हुदैन । देसको अर्थतन्त्र मजबुत पार्न तल्लीन हुन्छन जसले गर्दा जिडिपी उच्च हुन्छ । दलाल पुजिलाई निशेध गरिन्छ । राष्ट्रिय पुँजीको विकाश गरिन्छ । कुनैपनि विदेशी शोषणको सम्भावना हुदैन । आत्मनिर्भर तथा रोजगार मुलुक अर्थतन्त्र को विकाश गरिन्छ । यो हो हामीले पढेको कम्युनिष्ट पार्टी र त्यसले दिने परिणाम ।
कम्युनिष्ट पार्टीको सरकार आयो भने गरिवको राज्य हुन्छ । किसान मजदुरको संयुक्त अधिनायकत्व कायम हुन्छ । कृषि प्रधान देशमा कृषि क्रान्ति गरिन्छ र उत्पादनमा जोड दिइन्छ ।
दुखी गरिवले रूनु पर्दैन । कसैले पिडित हुनु पर्दैन । यसले मानव अधिकारको वकालत गर्दछ । जनताको लोकतन्त्रीक अधिकारको पक्षमा आवाज उठाउछ । जनताका अधिकार र हकहरूको पूर्ण रक्षा गर्दछ । यो सधै राष्ट्रियताको संरक्षणको पक्षमा खडा हुने पार्टी पनि हो ।
त्यती खेर मेरो किशोर दिमागमा वसेको कम्युनिष्ट पार्टी वारेको छवि यस्तो थियो । अरू पनि धेरै साथीहरूले यस्तै छवि वनाएको पाउछु । अहिले आफ्नै ऑखाले देखी रहेको छवि, आफु स्वयंले अनुभव गरिरहेको छवि र मेरो किशोर वयमा वनेको छविमा आनको तान फरक पर्दै गैरहेको छ । मैले सुरूमा सुनेको र पछि किताबहरूमा पढेको कम्युनिष्ट पार्टीको छवि अनि अहिले भोगी रहेको कम्युनिष्ट पार्टीको छवि ठ्याक्कै मिलि रहेको छैन । किन यस्तो भैरहेको छ । मलाई नै ठम्याउन हम्मे हम्मे परि रहेको छ ।
शायद कमि मेरो हेर्ने ऑखाको होला । शायद मेरो ठम्याई नै गलत पो थियो कि ? कम्युनिष्टहरू अन्याय सहनै सक्दैनन । अन्याय देख्ने वित्तिकै आक्रामक भैहाल्छन । कम्युनिष्टहरू कुनै पनि किसीमको भेदभावको विरोधि हुन्छन र कहि कतै भेदभाव तथा पक्षपात देखी हाल्यो भने तुरून्त उपचार खोजी हाल्छन । कम्युनिष्टहरू अत्याचार र भ्रष्टाचारको घनघोर विरोधि हुन । कम्युनिष्ट शासनमा त्यसको कल्पना सम्म गर्नु सम्भव छैन । कम्युनिष्ट सरकारले भ्रष्टाचार गर्ने दुष्टहरूलाई नाकमा नथ्थी लाएर तह लगाऊछ । कम्युनिष्ट विचार र भ्रष्टाचारको एक ठाउमा भेट हुनै सक्दैन । सुशासनको एकमात्र श्रोत समाजवादी व्यवस्था हो ।
यही आदर्शले सामन्ती शोषण र भ्रष्टाचारवाट आजीत नेपालीहरूलाई आकर्षण गरेको हो । यसले अनेक खाले भेदभाव र कुरितीका शिकार गाउलेहरूलाई तानेको हो । न्यायको आशा गर्ने निर्धा निमुखा जनतालाई गोलवन्द गरेको हो । कम्युनिष्टहरूको पहिलो शत्रु धनी र गरीवका विचको खाडल हो । यहि खाडललाई मेटाउनको लागी कम्युनिष्ट पार्टीको जन्म भएको हो । कम्युनिष्टहरू मुलत: वर्गिय विभेदको विरोधी हुन्छन । वर्गिय मात्र होईन जातीय, क्षेत्रीय र सवै खालका विभेदको अन्त गरी समाजवादी समाजको रचना कम्युनिष्टहरूको एक मात्र परिकल्पना हो ।
कम्युनिष्टहरू शोषणको सवभन्दा ठुला शत्रु हुन । शोषक सामन्तहरूको समाप्ति यिनीहरूको लक्ष्य हुन्छ । कम्युनिष्ट पार्टीमा त शोषणको कल्पना सम्म गर्नु सम्भव छैन । सत्य, न्याय र समानता कम्युनिष्टहरूको आदर्श हो । इन्साफ, विकाश र परिवर्तन कम्युनिष्टहरूको ध्येय हो । यिनै सुन्दर विचार र आदर्श भावनाले मानिसहरूलाई कम्युनिष्ट वन्न प्रेरित गर्यो । हजारौ लाखौ युवाहरू लाम लागेर कम्युनिष्ट पार्टीमा सामेल भए । भुटेको मकै र नुनच्युरा मात्र खाएर खुल्ला मैदानमा उत्रिन तयार भए ।
उनिहरू नामधारी कम्युनिष्ट मात्र भएका दिएनन । दिलैदेखी कम्युनिष्ट पार्टीमा समर्पित भएका थिए । कम्युनिष्ट आदर्श, समाजको परिर्वतन देश र पार्टीको निम्ती वलिदान दिन तयार भएर सामेल भएका थिए । आफ्नो अनमोल जीवनको आहुति दिएर समाज वदल्ने महायज्ञमा होमिएका थिए । हामीले रोजेको नेकपा एमाले पनि यस्तै हजारौ लाखौ ईमान्दार र क्रान्तिकारी युवाहरूको वलिदान तथा तिनको रगत र पसिनाले स्थापित भएर यहासम्म आई पुगेको पार्टी हो ।
केही केही मानिसहरू हल्लाकै भरमा पनि पार्टीमा सामेल भए होलान । केही केहि लहै लहैमा पनि कम्युनिष्ट भएका होलान । केही केही स्वार्थवस पनि आए होलान । तर साचो कुरा चाही के हो भने हजारौ लाखौ मानिसहरू पढेर, वुझेर अनी अनुभव गरेरै कम्युनिष्ट भएका थिए र छन । के हो त कम्युनिष्ट विचार ? के हो मार्क्सवाद ? कस्तो हुन्छ समाजवाद ? यस्ता सवालहरू अध्ययन गरेर कम्युनिष्ट भएका मानिहरू धेरै छन । हजारौ हजार मानिसहरू मार्क्सवाद र मार्क्सवादी अर्थशास्त्र पढेर कम्युनिष्ट भएका छन । कार्लमार्क्स मात्र होईन लेनिन, माओत्सेतुङ र फ्रीडेल क्यास्ट्रोलाई अध्ययन गरेर कम्युनिष्ट भएका छन । धेरै मानिसहरू चिनको जनवादी क्रान्तिवाट प्रेरित भएर पनि कम्युनिष्ट भएका छन । त्यती मात्र होईन होचिमिन्ह, किम ईल सुङ, साल्वाडोर एलेण्डेका कथाले प्रभावित भएर पनि कम्युनिष्ट भएका छन ।
कमरेड पुष्पलालका आदर्शहरूलाई पछ्याएर कम्युनिष्ट हुनेको संख्या पनि कम छैन । पछिल्लो चरणमा कैयौ मानीसहरू कमरेड मनमोहन अधिकारीको सादगी र एमालेको ९ महिनाको सरकार हेरेर कम्युनिष्ट भएका पनि छन । जननेता मदन भण्डारीको आदर्श देशभक्ति र निष्ठा लाई हेरेर कम्युनिष्ट हुनेको संख्या निकै ठुलो छ । संसार भरी कम्युनिष्ट पार्टीहरू समाप्त भएर गईरहेको वेलामा नेपालमा कम्युनिष्ट पार्टी फस्टाएको त्यसै होईन । नेपालकै आदर्श व्यक्तित्व जननेता मदन कुमार भण्डारीलाई पछ्याएर उहाँलाई आदर्श मानेर कम्युनिष्ट हुनेहरूको संख्या लाखौ लाख छ ।
लामो समय शोषण दमन सहेर आएको नेपाली समाजले त्यसै कम्युनिष्ट पार्टीलाई साथ दिएका होईनन । समाजमा व्याप्त अन्याय, अत्याचार र भ्रष्टाचारको घनघोर जातो मुनि पिल्सिएको नेपाली समाज त्यसै कम्युनिष्ट पार्टीको उर्वर भूमी भएको होईन । नेपाली समाजले कम्युनिष्ट आन्दोलन लाई साथ दिनुमा यस भित्र निहित आदर्श नै प्रमुख आकर्षण थियो र अझै छ । पछिल्लो चरणमा आएर नेपालमा कम्युनिष्ट पार्टी गरिवको पार्टीको रूपमा प्रचारित भयो । गाउका गरिव जनता ले ” गरिवको पार्टी-कम्युनिष्ट पार्टी ” भनेर नारा लगाए । “मजदुर किसानको पार्टी-कम्युनिष्ट पार्टी ” भनेर आवाज उठाए । २०११ सालको किसान आन्दोलन र २०४८ सालको संसदीय चुनाव देखी यो कुरा अझ स्थापित भयो । कम्युनिष्ट पार्टी दिन दुखीहरूको सेवा गर्ने वर्गिय पार्टी हो भन्ने कुरा स्थापित भयो । २०५१ सालमा नेकपा एमालेले केही समय सरकार चलाए पछि कम्युनिष्ट पार्टी दलित, महिला र वृध्दवृध्दाहरूको सेवा गर्ने पार्टीको रूपमा समेत परिचित भयो ।
गाउको विकाश र प्रगती पनि कम्युनिष्ट पार्टीको नेतृत्वमा मात्र सम्भव छ भन्ने कुरा स्थापित भयो । यती वेला सम्म अवोध नेपाली गरिव तथा शोषित पिडीतहरू कम्युनिष्ट पार्टी लाई निष्कपट माया गर्न थाली सकेका थिए । कम्युनिष्ट पार्टीको नेतृत्वको एकल सरकार वनाएर गरिवको राज्य ल्याउने ध्याउन्नमा लागी रहेका थिए । नेपाली जनताको दुर्भाग्य ठिक यसै वेला एउटा कम्युनिष्ट पार्टीले जनयुद्धको नाममा हतियार उठायो अर्को तिर नेकपा एमाले विभाजीत भएर दुईटुक्रा भयो । जनताका यावत आशा एकै पटक चकनाचुर भयो । यसमा कहि कतै जनता दोषी छैनन । दोषि छन त कम्युनिष्ट पार्टीको नाममा आफ्नो स्वार्थको कोटरी चलाउने अनी गुटवाजी खेलेर आफु र आफ्नो साम्राज्यको कल्पनामा रमाउने अहंकारी नेताहरूनै छन ।
यती हुदा पनि नेपाली जनताले हार खाएका छैनन् । कम्युनिष्ट पार्टीलाई माया मारेका छैनन । नेकपा एमालेलाई संसदमा सधै शक्ती शाली पार्टी कै रूपमा उभ्याई रहे । नेकपा माओवादीलाई समेत युध्दवाट शान्ती सम्म आउदा प्रचुर अवसर दिए । यसका पछाडि उनिहरूले पुष्पलाल श्रेष्ठको त्याग सम्झेका थिए । श्रध्देय मनमोहन अधिकारीको सम्पूर्ण समर्पणलाई आफ्नै ऑखाले देखेका थिए । जननेता तथा नविन विचारक कमरेड मदन भण्डारीको देश प्रतीको निष्ठालाई हेरेका थिए । यीनै नेताहरूको त्यागको आधारमा नेपाली जनताले कम्युनिष्ट पार्टीको नेतृत्वमा एउटा सुन्दर, शान्त र न्यायपूर्ण समाजको परिकल्पना गरि रहेका थिए ।
अहिले उनिहरू आफ्नो मनको कम्युनिष्ट छवि र हाम्रा नेता हरूको काम गराईलाई तुलना गरेर हेरिरहेका छन । उनि हरूले मनमा साॅचेको न्याय र समानता सहितको समाज र अहिलेको हामी भित्र देखीन थालेको स्वार्थी चरित्रलाई हेरी रहेका छन । दुवै लाई मिलाउने प्रयास गरिरहेका छन । कता कता आनको तान फरक परि रहेको छ । जति मिलाउन खोजे पनि कुरो मिल्न सकि रहेको छैन । तर पनि नेपाली जनताको ठुलो हिस्सा केही हुन्छकी भनेर आशा गरिररहेको छ ।
अव दोष कस्लाई दिने ? जवाफ कस्ले दिने ? सत्ता वडो दम्भी हुन्छ । उसले आफ्नो कमजोरी स्वीकार गर्न जान्दैन । आज सम्मको ईतिहासमा कम्युनिष्टहरू मात्र त्यस्ता शासक र नेता हुन, जस्ले आफ्ना कमजोरीहरूलाई स्वीकार गर्ने गरेका थिए । कमजोरी खोजी गरेर त्यसमा सुधार ल्याउने परम्परा पनि वसालेका थिए । कम्युनिष्ट आदर्शले पनि त्यहि भन्ने गरेको छ । तर नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्वमा भने कमजोरी स्वीकार गर्ने र नयां ढंगले अघि वढ्ने आंट अझै पलाउन सकेको देखिएन । नेतृत्वमा रहेको वडप्पन र दम्भ अझै ओईलाएको देखिदैन । उनिहरूलाई प्रसंसा र चाटुकारीताको भेलले थेगी नसक्नु वनाउदै लगेको छ । उनिहरू विचार र विज्ञानको श्रोत आफैलाई वुझ्न थालेका छन र आफुलाई सच्याउनु भन्दा आलोचना गर्ने माथी जाई लाग्न उद्दत देखिन्छन । यो कम्युनिष्ट आन्दोलनको विकाश र प्रगतीको निम्ती सकारात्मक लक्षण होइन । यसलाई वदलेर मात्र अघि वढ्न सकिन्छ ।।।।।लेखक एमाले पोलिट ब्युरो सदस्य एवम पुर्व मन्त्री हुनुहुन्छ





