अपांगता भएकाहरुका लागि शारिरीक परीक्षण सामाग्री नापजाच शिविर सम्पन्न

तराईसंचार
291 पाठक संख्या
पठन समय 1 मिनेट

निजगढ । निजगढ नगरपालिकाको आर्थिक सहयोग र प्रेरणा शारिरीक पुनस्र्थापना केन्द्र, लालबन्दी, सर्लाहीको सहकार्यमा निजगढ नगरपालिका अन्तर्गत रहेका अपांगता भएका व्यक्तिको लागि शारिरीक परीक्षण तथा सहायक सामाग्री नापजाच शिविर सम्पन्न भएको छ ।

कार्यक्रममा नगरप्रमुख सुरथ पुरी , उपप्रमुख सोममाया थिङ, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र बहादुर अर्याल, वडा अध्यक्षहरु सुर्य बहादुर थापा, राजन श्रेष्ठ सैया गुरो , टेक बहादर लामा, सहायक महिला विकास निरिक्षक रोजी श्रेष्ठ , प्रहरी निरिक्षक जीवन लामिछाने लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा ३० जना लाभग्राहीले शारिरीक परीक्षण तथा सहायक सामाग्री नापजाच गराएका छन । जसमध्ये ह्विल चेयर आबश्यक भएका ८ , शौचालय चियर एक, वाकर २ , एएफओ ४ लगायत आबश्यक नापजाँच भएका सामाग्री एक हप्ता पछि वितरण गर्ने कार्यक्रम रहेको सहायक महिला विकास निरिक्षक श्रेष्ठले बताउनु भएको छ ।

शेयर
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *