वडाअध्यक्ष चतुरबाबु बाग्लेको सेवासुविधाबाट निम्न र एकल वर्ग लाभान्वित 

तराईसंचार
563 पाठक संख्या
पठन समय 1 मिनेट
बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१८ का वडाअध्यक्ष चतुरबाबु बाग्लेले आफनो पाउने सेवा सुबिधाबाट आर्थिकरूपमा कमजोर तथा विपन्न समुदायलाई बितरण गर्ने भएका छन ।
बाग्लेले आर्थिकरुपमा कमजोर एकल महिला, दलित, बौद्धिक अपाङ्ग, पुर्ण अपाङ्गका परिवारहरुलाई आर्थिक जिवीकोपार्जनका लागि उन्नत गाईको बाच्छी वितरण गर्ने उदाहरणीय कामको जनमानसमा चर्चाको बिषय बनेको छ ।  आफनो सेवा सुविधा भत्ताबाट बाग्लेले नागरिकलाई आत्मरोजगार तथा आय–आर्जनमा सहयोग पु–याउने उद्देश्यले गाईको बाछी वितरण प्रक्रिया सुरु गर्न लाग्नु भएको वडा कार्यालयले जनाएको छ ।
वडा कार्यालयलेसुचनानै प्रकाशित गरेर आर्थिक अबस्था कमजोर भएका  महिला, दलित, बौद्धिक अपाङ्गता भएका व्यक्ति तथा पूर्ण अपाङ्गता भएका परिवारलाई लक्षित गरी वितरण कार्यक्रम अघि बढाइने वडा कार्यालयले जनाएको छ । लाभामुखी समूहमा पर्ने नागरिकहरूले आफ्नो परिचयपत्र तथा आवश्यक कागजात सहित ५ दिनभित्र वडा कार्यालयमा सम्पर्क गर्न वडा कार्यालयले अनुरोध गरेको छ । वडा कार्यालयले यस कार्यक्रमबाट लक्षित परिवारहरूको जीविकोपार्जन मजबुत हुने विश्वास व्यक्त गरेको छ ।
शेयर
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *