बाराको १६ वटै स्थानीय तहको सभा अधिबेशन सम्पन्न निजगढले ल्यायो एक अर्ब एक करोड तीन लाख १४ हजारको बजेट

तराईसंचार
225 पाठक संख्या
पठन समय 2 मिनेट
बारा । बाराको १६ वटै स्थानीय तहहरुको नगर अधिबेशन सम्पन्न भएको छ निजगढ नगरपालिकाले बिहिबार नगर सभा सोह्रौं अधिवेशन सम्पन्न गरेसगै बाराको १६ वटै स्थानीय तहले सभा सम्पन्न भएको हो । बाराको सुवर्ण गाँउपालिका र निजगढको अधिबेशन हुन सकेको थिएन । भर्खरै केही दिन अघि सुवर्ण गाउपालिकाले अधिबेशन गरेको हो भने अन्तिममा निजगढ नगरपालिकाले अधिबेशन सम्पन्न गरेको हो ।
निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीको अध्यक्षतामा बसेको थियो । बैठकमा निजगढ नगरपालिकाकी उपप्रमुख तथा नगर सभाकी उपाध्यक्ष सोममाया थिङ, प्रमुख प्रशासकीय अधिकृत तथा नगर सभाका सचिव राजेन्द्र बहादुर अर्याल, नगर सभा सदस्यहरू, नगर कार्यपालिकाको कार्यालयका प्रतिनिधिहरू तथा निजगढमा कार्यरत कर्मचारीहरूको उपस्थिती रहेको थियो ।
बैठकमा नगर प्रमुख एवं सभाका अध्यक्ष सुरथ पुरीले नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । त्यस्तै, उपप्रमुख सोममाया थिङद्वारा आर्थिक वर्ष २०८२÷०८३ का लागि कुल रु. एक अर्ब एक करोड तीन लाख १४ हजार एक सय ५३ को बजेट प्रस्तुत गरेकी थिईन् ।
 
यसअघि उपप्रमुखद्वारा टेबल गरिएको नीति तथा कार्यक्रम, आर्थिक विधेयक २०८२, विनियोजन विधेयक २०८२, र लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति २०८२ लगायतका प्रस्तावहरूलाई वडा नं. ४ का वडा अध्यक्ष विसन सापकोटा, वडा नं. ६ का वडा अध्यक्ष घनश्याम तिमल्सिना, र वडा नं. ८ का वडा अध्यक्ष स्वर्ण लामाले समर्थन गरेका थिए । त्यसैगरी नगर सभा सदस्यहरू कुमार मोक्तान, मेघराज वाइवा, धनबहादुर थापा, रेणुकुमारी दर्जी र शम्भु थोकरले पनि आफ्ना सुझावहरू सभामा प्रस्तुत गरेका थिए ।
सभाका अध्यक्ष सुरथ पुरीले बैठकमा टेबल गरिएका सबै प्रस्तावहरू निर्णयार्थ पेश गर्नुभएकोमा नगर सभा सदस्यहरूको सर्वसम्मत समर्थन प्राप्त भएको थियो । अध्यक्ष पुरीले प्रस्तावहरू पारित भएको घोषणा गर्दै नगर सभा सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरे । यस अघि नगर सभाका लागि वडाको बजेट सिलिङका बिषयमा सहमति हुन नसकेपछि नगर सभा हुन सकेको थिएन । काग्रेस र माओवादीका वडा अध्यक्ष, कार्यपालिका सदस्यहरुले माग गरे अनुसार वडाको सिलिङ पाएपछि सहमतिमै नगर सभा सम्पन्न भएको हो ।
तराई सञ्चार रा. दैनिक
शेयर
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *