सिमरा । चितवनस्थित भरतपुर अस्पतालको सघन उपचार कक्षमा ब्रेनहेमरेजका कारण जीवन र मृत्युसँग संघर्ष गरिरहनुभएका बाराका पत्रकार फैजुल्लाह आलमको परिवारले जीवन रक्षाको लागि अपिल गरेका छन्ना । आर्थिक अवस्थाले परिवारमाथि दोहोरो बज्रपात परेको बताउँदै जीवन रक्षाको लागि आग्रह गरेका हुन् ।
पत्रकार आलमको उपचारका लागि नेपाल पत्रकार महासंघ बारा शाखाले २० हजारको चेक उहाँकी श्रीमतीलाई परवानीपुरस्थित निवासमै पुगेर हस्तान्तरण गरेको छ। पत्रकार महासङ्घ बारा शाखाका अध्यक्ष रमेश सुवेदीले जीवन बचाउन सहयोग गरेको बताएका छन्। थप लाखौं रुपैयाँको तत्काल आवश्यकता रहेकोले महासंघ बाराका अध्यक्ष सुवेदीले यस जटिल समयमा पत्रकार आलमले पुर्याएको योगदानको कदर गर्दै सबैले आ-आफ्नो ठाउँबाट साथ र सहयोग गर्नुपर्नेमा जोड दिएका छन् चेक हस्तान्तरणमा कोषाध्यक्ष रन्जन यादव, कार्यसमिति सदस्य नवीन चौधरी पत्रकार राधेश्याम पटेल सहितको उपस्थिति रहेको थियो।
पत्रकार आलमको स्वास्थ्य लाभको कामना गर्दै उहाँको जीवन रक्षाका लागि सक्दो आर्थिक सहयोग गरिदिन महासङ्घ १२ शाखाले आग्रह गरेको छ।





