निजगढ वडा नं. एक मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

तराईसंचार
463 पाठक संख्या

ईश्वर सापकोटा

बारा । बाराको निजगढ नगरपालिका वडा नं. १ सिगोल मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सो शिविरमा बाराका अल्पसंख्यक समुदायदेखि वृद्धवृद्धा सम्मले लाभ लिएका छन । निजगढ नगरपालिका वडा नम्बर १ वडा कार्यालयको आयोजनामा शिविर सम्पन्न भएको हो ।


शिविरमा २१० भन्दा बढीले स्वास्थ्या प्ररिक्षण गरेका थिए । पिसाब ४६, ब्लड १४०, अाँखा १३३, हाडजोर्नीको स्वास्थ्य परिक्षण गराएका थिए । त्यस्तै मोती बिन्दु १६, मानसिकता सन्तुुलन ठिक नभएका द्द२ बिमारीको उपचार गरिएको वडा नं. १ का वडाअध्यक्ष मंगले लोप्चनले बताउनु भएको छ ।

हाड तथा नसा सम्बन्धी समस्या जाँच र परामर्श, फिजिसियन आन्तरिक रोग विशेषज्ञ सेवा, रगत तथा पिसाब परिक्षण , मानसिक स्वास्थ्य सम्बन्धी, परामर्श मनोरोग, सुगर मधुमह जाँच गरिएको थियो । निजगढ प्राथमिक स्वास्थ्य केन्द्र निजगढ र तिलगंगा सामुदायिक आँखा अस्पताल निजगढले प्राविधिक सहयोग गरेको थियो । युथ अफ निजगढ र साथी सहकार्य क्लब स्वयमसेवीको भुमिका निर्वाह गरेका थिए । शिविरमा स्क्रिनिङ गरिनुका साथै आवश्यक परेकालाई औषधि पनि निःशुल्क वितरण गरिएको थियो ।

निजगढ नगरपालिका वडा नम्बर १का वडा अध्यक्ष मंगल लोप्पचन ले पनि दृष्टि नगुमोस् र स्वास्थ्य पनि जनताको नैसर्गिक अधिकार हो भनेर स्वास्थ्य सम्बन्धि विभिन्न कार्यक्रम गरिएको बताए । वडा कार्यालयले स्थानीयलाई लक्ष्य गरी शिविर आयोजना गरिएको वडा अध्यक्ष लोप्पचन जानकारी दिए ।

वडावासीले शिविरबाट राम्रो लाभ लिएको वडाध्यक्ष लोप्पचनले बताए । वडा अध्यक्ष लोप्पचन अन्य किसिमका स्वास्थ्य शिविर कार्यक्रम कसैले लिएर आए आफूले सधैँ सहयोग गर्ने प्रतिवद्धता जनाए । ‘यस्ता शिविर अरू रोगका लागि पनि आवश्यक छ’, उनले भने, ‘योजना कसै न कसैले लिएर आउनुहुन्छ कि भन्ने आशा गरेको शिविरबाट राम्रो लाभ लिएको स्वास्थ र आँखा जचाउन आएका स्थानीय दावा लामाले बताए ।

‘एक–दुई महिनादेखि टाडा दुख्ने समस्या भइरहेको थियो’, दावा लामा भने, ‘यहाँदेखि अस्पताल आउजाउ खर्च, समय बच्यो । यहीँ जचाउन पाएँ । अब ढुक्क भएँ

शेयर