निर्मल भण्डारी नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ बाराको अध्यक्ष

तराईसंचार
141 पाठक संख्या
पठन समय 1 मिनेट

बारा / नेपाल  पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ बाराको १७औँ वार्षिक साधारणसभा तथा आठौँ जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा निर्मल भण्डारी सर्वसम्मत चयन भएका छन्।

अधिवेशनबाट प्रथम उपाध्यक्षमा पारस चौधरी, द्वितीय उपाध्यक्षमा राजेश्वरप्रसाद गुप्ता, सचिवमा वासुदेव अधिकारी, सहसचिवमा मिथलेशकुमार सिन्हा र कोषाध्यक्षमा रामजनमप्रसाद यादव चयन भएका छन्।

कार्यक्रमका प्रमुख अतिथि महासङ्घका केन्द्रीय उपाध्यक्ष नारायणकुमार श्रेष्ठले व्यवसायीहरू एकजुट भए मात्र साझा एजेन्डा सफल हुने बताए। उनले व्यवसायसँग सम्बन्धित जायज मागप्रति सरकार गम्भीर नहुँदा शैक्षिक क्षेत्रसमेत प्रभावित हुने चेतावनी दिए।

कार्यक्रममा मधेस प्रदेश अध्यक्ष सागर थोकरसहित महासङ्घका केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो। भण्डारी लामो समय दखि बाराको निजगढमा पुस्तक तथा स्टेस्नरी व्यवसाय गर्दै आएका छन ।

शेयर
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *