सहमहामन्त्री फरमुल्लाह मन्सुरले छाडे देउवा क्याम्प, गगन थापालाई समर्थन, बारामा गगन समुह बलियो बन्दै

तराईसंचार
796 पाठक संख्या
पठन समय 2 मिनेट

बारा । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाको प्यानलबाट सहमहामन्त्री निर्वाचित भएका बाराका सहमहामन्त्री फरमुल्लाह मन्सुरले कित्ता परिवर्तन गर्दै गगन थापा समुहमा लागेका छन । हुनत यस अघि मनहर्वामानै गगन थापालाई प्रमुख अतिथिका रुपमा बोलाएर कित्ता परिवर्तनको सन्देश दिई सकेका मंसुरले अब भने पुरै सम्बन्ध बिच्छेद गरेका हुन ।

संस्थापन शेर वहादुर पक्षको गुटको बैठकमा सहभागिता हुन छाडी सकेका मंसुरले बताउदै थापालाई भावी प्रधानमन्त्रीका रुपमा निर्णय गरेर अघि बढायौं भने कार्यकर्ताको मन जित्न सकिने केन्द्रिय समिति बैठकमा राखेपछि उनी बिधिबतरुपमै संस्थापन समुह छाडेको सन्देश सम्पुर्ण काग्रेसजनमा पुगेको छ । भर्खरै मंसुरको भतिजको विवाहमा समेत सरिक भएका गगन थापा बारामा आएका थिए । योसगै बारामा अब गगन थापा समुह कति बलियो बलियो भयो भन्ने चर्चा चल्न थालेको छ ।

सकेसम्म नियमित नभए विशेष महाधिवेशन गरेर भए पनि अहिले पार्टी भित्र तथा जनताका बीचमा पनि लोकप्रिय देखिएका गगन थापालाई सभापति र भावी प्रधानमन्त्री बनाएर जानुपर्ने बताएपछि अहिले चर्चामा रहेका मंसुरको कित्ता परिवर्तनले आउदो जिल्ला महाधिबेशनमा कसको पल्ला भारी हुन्छ भन्ने जोड घटाउ शुरु भएको छ ।

बारामा बर्तमान पार्टी सभापति राजेश राय यादब बिरुद्ध निर्वाचनमा एकढिक्का भएको समुह अधिकाश अब गगन थापा समुहमा आएका छन । सहमामन्त्री फर्मुला मंसुर समेत गगन थापा समुहमा आएपछि यो समुहमा अब राजेश रौनियार, रामानन्द यादब, शम्भु बुढाथोकी , चन्द्र शेखर यादब, श्यामबाबु गुप्ता, बिजय शंकर यादब, पेमा सिद्धि लामा, बिजय यादब, उपेन्द्र यादब र भैयाराम यादब लगायतको टिम तयार भएको छ । यसले नेपाली काग्रेस बारामा गगन थापा समुह बिस्तारै बलियो हुदै आएको छ । हिजो देउवा समुहमै रहेका शम्भु बुढाथोकी, बिजयशंकर यादब, श्यामबाबु गुप्ता र उपेन्द्र यादब गगन थापा समुहमा देखिए पछि अबको आउने बारामा प्रष्ट तीन गुट देखिने भएको छ । त्रिपक्षीय हुने निर्वाचनमा यो समुहको नेतृत्व फेरी पनि फर्मुला मंसुरले गर्ने भएका छन ।

शेयर
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *