निजगढ । बाराको निजगढ नगरपालिका–१ मा वडा कार्यालयले तेक्वान्दो खेलको प्रवद्र्धनका लागि खेलकुद सामग्री वितरण गरेको छ ।वडा अध्यक्ष मंगले लोप्चनले नेपाल तेक्वान्दो संघ बाराका अध्यक्ष चित्र बहादुर लामालाई खेलसामग्री तथा उपकरणहरू हस्तान्तरण गरेका हुन । खेलकुदको माध्यमबाट युवालाई अनुशासन, नेतृत्व र स्वस्थ जीवनशैलीतर्फ उन्मुख गराउने उद्देश्यले सामग्री वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।
अध्यक्ष लोप्चनले खेल क्षेत्रमा वडाले निरन्तर सहयोग गर्दै जाने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।नेपाल तेक्वान्दो संघ बाराका अध्यक्ष लामाले वडा कार्यालयको सहयोगप्रति आभार प्रकट गर्दै यस्ता कार्यले स्थानीय स्तरमा खेलको विकासमा महत्वपूर्ण योगदान पुग्ने बताए ।





