बारा । बाराका दुई स्थानीय पालिकाले संघीय र प्रदेशको बजेट आएसगै निति तथा बजेट कार्यक्रम ल्याएका छन ।

बाराको पचरौता नगरपालिकाको १४ औ नगर सभा र प्रसौनी गाँउपालिकाले १७ गाँउ सभा गरेर निति तथा बजेट कार्यक्रम ल्याएका हुन ।
निती तथा कार्यक्रम उपप्रमुखले बाचन गर्नुपर्ने भएपनि पचरौताका वडा नम्बर ५ का अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता लक्ष्मी यादवले आर्थिक बर्ष २०८२/०८३ को नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेका हुन ।
पचरौता नगरपालिकाका नगरप्रमुख जलन्धर सिंहको अध्यक्षतामा सभामा नगरपालिकाले आव २०८२÷०८३ को लागि रु. ६५ करोड ३१ लाख छैसठ्ठी हजार नौ सय बाउन्न को बजेट सार्वजनिक गरेका छन । आगामी आर्थिक बर्षमा शिक्षा, स्वास्थ्य, कृषीका साथै वडा नं. १ मा रहेको छोटी भन्सारलाई सञ्चालन गराउन आवश्यक सडक बिस्तार र जनताको स्वास्थ्य बिमामा लाग्ने ५० प्रतिशत नगरपालिकाले ब्योहोर्ने लगायतका योजना समेटेको छ ।

नगर सभामा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगर सभा सदस्यहरुको उपस्थिति रहेको थियो । प्रमुख प्रशासकिय अधिकृत प्रशान्त जोशिले सञ्चालन गरेको कार्यक्रममा स्वागत वडा नम्बर ६ का अध्यक्ष मकबुल अन्सारीले गरेका थिए ।
कार्यक्रममा नगरसभाका बारेमा आफुहरुलाई चिठी नगएको एक दिन अघि फेसबुकबाट जानकारी पाएको वडा नम्बर २ का वडा अध्यक्ष मनोज यादवले दुखेसो पोखे । उनले एक दिन अगाडी फेसबुकमा सुचना राखेर झुक्याईएको आरोप लगाए । नीति कार्यक्रमले पिपरपाती बजारको उपेक्षा गरिएको बताउदै १०० बेडको नगर अस्पताल बनाउने घोषणा कता हराएको प्रश्न गरे ।
त्यसैगरी प्रसौनी गाँउपालिकाका अध्यक्ष विनोद प्रसाद जैसवालको अध्यक्षतामा १७ गाँउ सभा गरेर निति तथा बजेट कार्यक्रम प्रस्तुत गरेका छन ।

गाँउ सभामा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगर सभा सदस्यहरुको उपस्थिति रहेको थियो । गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४१ करोड १ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको हो । गाउँसभामा गाउपालिका उपाध्यक्ष किरण देबिले नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी थिईन । सभालाई सम्बोधन गर्दै गाउपालिका अध्यक्ष जयस्वालले बजेटमा स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि, सिचाई, विपद् व्यवस्था, खेलकुद, महिलाहरूको सशक्तिकरण सहित जनजीवन सुधार्न विशेष कार्यक्रम समेटिएको बताएका छन् ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्याम किशोर प्रसादले सभाले गरेको निर्णय र उदेश्य पूरा गराउन आफनो तर्फबाट कुनै कसर बाँकी नराख्ने बताए । कार्यक्रमको सञ्चालन स्वास्थ शाखा प्रमुख सुरेश कुमार साहले गरेका थिए ।




