दुई दिने लागू औषध सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

तराईसंचार
1.1k पाठक संख्या

ईश्वर सापकोटा
निजगढ । निजगढ नगरपालिका वडा नम्बर ७ मा रहेको नेत्रदय माविमा निजगढ नगरपालिका कार्यपालिका लक्षित कोष अन्तर्गत मेची–माहाकाली बुहारी संयुक्त आवाज बाराको आयोजनामा लागू औषध सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।


नगरपालिका अन्तर्गतका विभिन्न विद्यालयका विद्यार्थीहरूलाई लक्षित गरी आयोजित उक्त कार्यक्रम वडा नबर ८ का वडा अध्यक्ष स्वर्ण लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । उक्त कार्यक्रममा कार्यपालिका सदस्यहरु मिना चौरेल, शर्मिला वि.क. र मनमाया तामाङ, इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रशिक्षक जीवन लामिछाने लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा लागू औषध सम्बन्धी जानकारी र प्रशिक्षण ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रशिक्षक सहायक निरीक्षक खड्ग बहादुर खड्काले दिनु भएको थियो । प्रशिक्षक खड्काले युवावर्गमा लागू औषध दुव्र्यसनको बढ्दो जोखिम, त्यसको कानुनी, सामाजिक र स्वास्थ्य असरबारे गम्भीर जानकारी प्रस्तुत गर्नुका साथै विद्यार्थीहरूलाई नशामुक्त जीवनशैलीतर्फ अभिप्रेरित गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा विभिन्न बिद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक लगायत स्थानीय सरोकारवाला निकायको समेत सक्रिय उपस्थिति रहेको थियो । कार्यक्रमका सभा अध्यक्ष चण्द्रिका पुलामी मगरले गर्नु भएको थियो । कार्यक्रमको उद्घघोषण अमृता बस्नेत राउतले गर्नु भएको थियो ।

शेयर