३० विगाह सुख्खाग्रस्त क्षेत्रको लागि निजगढमा ५ खोम्माटोल डिप तथा बोरिङ खन्ने कामको प्रदेश सासद मिना लामाद्धारा शिलन्यास

तराईसंचार
660 पाठक संख्या
पठन समय 2 मिनेट

ईश्वर सापकोटा

निजगढ । बाराको निजगढमा ५ खोम्माटोल डिप तथा बोरिङ खन्ने काम शुरु भएको छ । उर्जा जलस्रोत तथा सिचाइ मन्त्रालय बाट अनुमानित २७ लाख ५० हजारको लागतमा डिप तथा बोरिङ खन्ने कार्यको माननीय प्रदेश सासद मिना लामाले शिलान्यास गर्नु भएको हो ।

स्थानीय नेपाली काग्रेस निजगढका अग्रज नेता कृष्णराज गिरीको अध्यक्षतामा सम्पन्न शिलन्यास कार्यक्रममा गिरीले लामो राजनिती यात्रामा सबै नेताबाट आशा मात्रै पाएको भएपनि हाल निजगढ नगरपालिका कार्यपालिका सदस्यीय सर्मिला बिश्वकर्माको प्रयासबाट बोरिङ कार्य शुभारम्भ भएकोमा सर्मिला बिश्वकर्मालाई आभार प्रकट गर्नु भयो ।


शिलान्यास कार्यक्रममा निजगढ नगरपालिका नेपाली काग्रेसका पुर्व संगठन विभाग प्रमुख शम्भु बुढाथोकीले डिप बोरिङले यहाको सिचाईमा सहयोग पुग्ने बताउनु भयो । कृष्ण डिप ट्युबवेल सिँचाइ समितिका अध्यक्ष समेत रहेका कृष्ण गिरीले सबैको साथ र सहयोगले उत्साही बनाएको बताए । शिलन्यास समारोहका प्रमुख अतिथि सासद लामाले डिप बोरिङ ट्युबवेल निर्माण भएपछि यस क्षेत्रको सिँचाइमा सहयोग पुग्ने र कृषि पेशालाई सहज बनाउनका लागि हिउँदे सिँचाइबाट तरकारी खेती अझ राम्रो हुने बताउनु भयो ।


डिप बोरिङ ट्युबवेल निर्माणपछि स्थानीय समुदायमा खेतीपातीमा सिँचाइ गर्न र वडामा रहेको किसानहरु लाभान्वित हुने उनले बताईन । संघिय सरकारको उर्जा ,जलश्रोत तथा सिचाई मन्त्रालय अन्तर्गत नविनतम भुमिगत सिचाई आयोजना अन्तर्गतको बजेटबाट काम हुने गरि निजगढ वडा नं ५ स्थित खोलमाटोलको करिब ३० विगाह सुख्खाग्रस्त क्षेत्रको लागि यो समिती गठन भएर शिलन्यास गरी काम अघि बढेको हो । कार्यक्रममा नेपाली काग्रेस नगर सभापति नवराज तिमल्सिना, युवा नेता पेमासिद्धी लामा लगायतको उपस्थिति रहेको थियो ।

शेयर
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *