निजगढमा २२ वटा बुङ्गुरको पाठा पाठी वितरण

तराईसंचार
547 पाठक संख्या
पठन समय 1 मिनेट

ईश्वर सापकोटा
निजगढ । निजगढ नगरपालिका कार्यपालिका लक्षित कोष अन्र्तगत कार्यपालिका सदस्य शर्मिला विकको रकमबाट निजगढ नगरपालिका–७ माझी टोलमा निजगढमा २२ वटा बुङ्गुरको पाठा पाठी वितरण गरिएको छ । निजगढ नगरपालिका कार्यपालिकाको सहयोगमा चन्दन पशुपालन फार्मको आयोजना भएको बुङ्गुरको पाठा पाठी वितरण भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि महेशी कुँवरले किसानको जीवनस्तर उकास्न यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे । कार्यक्रमकी सभा अध्यक्ष तथा फर्मकी सञ्चालक चन्द्रिका मगरले गरेकी थिईन । कार्यक्रमको सञ्चालन मोती बहादुर राणा मगर गरेका थिए ।

कार्यक्रममा नेपाल विद्यार्थी संघ निजगढ नगरका सभापति ईश्वर सापकोटा मगर सङ्घ बारा जिल्लाकी कोषाध्यक्ष विवाह माया राणा मगर तेक्वान्दो प्रशिक्षक उदयराज पाण्डे लगायत व्यक्तिहरूको उपस्थित रहेको थियो ।

कार्यक्रमले स्थानीय किसानहरूको आत्मनिर्भर तथा आर्थिक उन्नतिको विकास गर्ने भोलिको दिनमा आफ्नो घरको जीविकापार्जन हुने निजगढ नगरपालिका कार्यपालिका सदस्य शर्मिला विश्वकर्माले बताउनु भयो । कार्यक्रमले स्थानीय किसानहरुलाई आत्मनिर्भर बनाउन र दिगो आय आर्जनमा टेवा पु¥याउने लक्ष्य लिएको आयोजकले जानकारी दिएका छन् ।

शेयर
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *