जीतपुरसिमराको १२औं नगरसभाको दोस्रो बैठक पनि स्थगित

तराईसंचार
218 पाठक संख्या
पठन समय 1 मिनेट

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाको १२औं नगरसभाको दोस्रो बैठक पनि स्थगित भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाईले मंगलबार सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागी नगरसभा स्थगित गरिएको जनाएका हुन् ।   जीतपुरसिमरा उपमहानगरपालिकाको नगरसभा संचालन नियमावली, २०७५ को नियम ३ को उपनियम (६) बमोजिम मिति २०८२ साल असार १८ गतेका लागी बोलाइएको दोस्रो बैठक पनि स्थगित भएको सूचनामा उल्लेख गरिएको छ ।

यसअघि असार ९ गतेका लागी बोलाइएको पहिलो बैठक शुरु भएलगत्तै स्थगित भएको थियो । नगरसभामा प्रस्तुत गर्ने नीति तथा कार्यक्रम, बजेट, विधेयक कार्यपालिकाबाट पारित भएर नआएकाले पहिलो बैठक स्थगित भएको थियो ।

शेयर
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *