निजगढमा राप्रपा वडा नं। १, २ र ३ को वडा अधविेशन सम्पन्न

तराईसंचार
456 पाठक संख्या
पठन समय 1 मिनेट

निजगढ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निजगढको वडा नं. १, २ र ३ को वडा अधिवेशन आज सिङ्गोलस्थित वडा नं. २ को सभा हलमा सम्पन्न भएको छ। अधिवेशन राप्रपा निजगढ नगर अध्यक्ष खड्गप्रसाद उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि राप्रपा केन्द्रीय सदस्य विनोद भारती रहनुभयो। कार्यक्रममा मधेस प्रदेश सदस्य तथा महिला संगठनकी केन्द्रीय सदस्य शेसा सापकोटा, किसान संगठनका केन्द्रीय सदस्य निर्मल खड्का, क्षेत्र नं. १ क प्रदेश अध्यक्ष भक्त दर्लामी, जिल्ला निर्वाचन समितिका सदस्य नेत्रप्रसाद गौतम लगायतको उपस्थिति रहेको थियो।

अधिवेशनबाट वडा नं. १ मा अध्यक्षमा चनमति थापा, उपाध्यक्ष धनमाया कार्की, सचिव चेतबहादुर खत्री, कोषाध्यक्ष सिर्जना कार्की, सहसचिव सुनिता भण्डारीसहित १५ सदस्यीय कार्यसमिति चयन भएको छ।
वडा नं. २ मा अध्यक्ष रेजिना सापकोटा, उपाध्यक्ष रिता राई, सचिव हिरा विक, कोषाध्यक्ष दुधलाल स्याङ्तान, सहसचिव चन्द्रबहादुर मगरसहित १५ सदस्यीय समिति बनेको छ।
त्यस्तै वडा नं. ३ मा अध्यक्ष घनबहादुर लो, उपाध्यक्ष रूपबहादुर घलान, सचिव मानबहादुर वाइबा, कोषाध्यक्ष राजु हुमागाईसहित ११ सदस्यीय समिति चयन भएको छ।

कार्यक्रम सञ्चालन राप्रपा निजगढ नगर प्रवक्ता केशव राउतले गर्नुभएको थियो भने स्वागत मन्तव्य राप्रपा वडा नं. १ का अध्यक्ष हिरा विकले गर्नुभएको थियो।

शेयर
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *