निजगढका तीन स्वयंसेविकाहरुलाई साइकल वितरण

तराईसंचार
365 पाठक संख्या
पठन समय 1 मिनेट

उदय राज पाण्डे

बारा । बाराको निजगढ नगरपालिका वडा नं. १ को कार्यालयले वडामा कार्यरत स्वास्थ्य स्वयंसेविकाहरुलाई घरदैलो सेवा प्रभावकारी बनाउनका लागि साइकल वितरण गरेको छ ।

वडाको घरघर पुगेर स्वास्थ्य सेवामा योगदान गर्दै आएका वडाका तीन स्वयम सेविकाहरुलाई वडा कार्यालयले तीन थान साइकल वितरण गरेको हो । घर–घरमा पुगेर स्वास्थ्य सेवा र्पुयाउदै आएका स्वयम सेविकाहरुले साईकल प्राप्ती पछि सेवाका लागि साईकल पछि थप सहज भएको बताएका छन ।

वडा अध्यक्ष मंगले लोप्चनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य तथा कार्यपालिका सदस्य फुलमाया घलान, वडा सदस्य कन्तलाल धामी, मंजु कुमार कछडिया तथा वडा सचिव सोम सिंह लामा लगायतकोउपस्थिति रहेको थियो ।साईकल प्राप्त गर्नेहरुमा शान्ता थापा, सकुन्तला कुवर र सिकिल गुरोलाई साईकल बितरण गरिएको हो ।

TAGGED:
शेयर
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *