बाराको ६ पालिकामा सोमबारदेखि हैजा बिरुद्धको खोप कार्यक्रम सञ्चालन

तराईसंचार
310 पाठक संख्या
पठन समय 3 मिनेट
बारा । बारा पर्सामा केहीदिन अघि देखिएको हैजा नियन्त्रणमा आएपनि जोखिम अझै कायम रहेको जनाउदै बाराको हैजा प्रभावित क्षेत्रमा सोमबारदेखि महिनाभरी हैजा बिरुद्धको खोप कार्यक्रम सञ्चालन हुने भएको छ ।
सिमरास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा खोप अभियान सञ्चालन गर्न नगरस्तरिय खोप समन्वय समितिको बैठक र पत्रकारसँग अन्तरकृया कार्यक्रम आयोजना गरी सो बारे जानकारी दिईएको हो । हैजा रोग बिरुद्धको प्रतिकार्य स्वरुप दिन लागिएको खोपका बारेमा जानकारी दिन आयोजित कार्यक्रममा हैजा रोगबाट सुरक्षित गर्न सन्चालन गरिने खोप हैजाको प्रकोप देखिएको बाराको जितपुरसिमरा, कलैया, फेटा, परवानीपुर, प्रसौनी र बिश्रामपुर गाँउपालिकामा खोप अभियान शुरु हुन लागेको हो ।  पर्सा जिल्लामा भने आईतबारदेखिनै जिल्लाभरीनै खोप लगाउन शुरु गरिएको छ ।
सबै पालिकामा एक बर्षभन्दा माथिको उमेर समुहका सबै ब्यक्तिका लागि निशुल्क खुवाइने यो खोप सुरक्षित मात्रै नभै यसले जीवन रक्षा समेत गर्ने भएकोले उक्त उमेर समुहभित्र पर्ने सबैले अनिवार्य खानुपर्ने विश्व स्वास्थ्य संगठन डब्लु एचओका प्रतिनिधि सागर तिवारीले बताएका छन । खोप अभियानको बिषयमा जानकारी गराउंदै उनिहरुले आफू बस्ने स्थानिय तह अन्तर्गतका वडाहरुमा सन्चालन हुने खोप शिविरमा पुगेर खोप खान आग्रह गरेका छन ।
गएको भदौको पहिलो सातामा पर्साको बिरगन्ज महानगरपालिका वडा नम्बर १२ मा पहिलो हैजाको केश देखिएकोमा त्यसको संख्या बढेर बारा र पर्सामा गरी एक हजार ६ सय ८५ पुगेकोले कार्यक्रममा जानकारी गराईएको थियो ।
बारा र पर्सामा खोप अभियान चलाउन विश्व स्वास्थ्य संगठनले नेपाललाई १० लाख खोप उपलब्ध गराएको छ । पर्सा जिल्लाका प्रभावितका लागि ६ लाख ५२ हजार एक सय २९ र बारा जिल्लाका ६ पालिकाका लागि ३ लाख ६५ हजार ९ सय ३१ गरि कुल १० लाख १८ हजार ६० जनालाई खोप लगाउने लक्ष्य रहेको बताईएको छ ।
प्राप्त खोपमध्ये  करिब एक लाख २७ हजार खोप जितपुरसिमराका वडाहरुमा खुवाइने यो अभियान पाँच दिनसम्म सञ्चालन हुने स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुखका जनस्वास्थ्य अधिकृत रबि कुमार भाष्करले जानकारी दिनु भएको छ ।
कार्यक्रममा जीतपुरसिमराका नगरप्रमुख राजन पौडेल, प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाई, डब्लुएचओका प्रतिनिधिहरुले  खोप अभियान सफल पार्न सबैले सहयोग गर्नु पर्ने विचार व्यक्त गरेका थिए ।
अभियान नगरभित्रका २५ वटै स्वास्थ्य संस्थाबाट खोप वितरण गरिने भएको छ । त्यसैगरी विद्यालय र उद्योग प्रतिष्ठानमा समेत खोप वितरण गरिने भएको छ । खोप खुवाउन बन्द रहेका सामुदायिक विद्यालयलाई दुई दिन खोल्ने निर्णय भएको नगरप्रमुख राजन पौडेलले जानकारी दिए । कार्यक्रममा नगरका वडाअध्यक्ष, सञ्चारकर्मी, शिक्षक, उद्योगी कर्मचारी र स्थानीयको उपस्थिति रहेकोको थियो ।
शेयर
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *