मधेश प्रदेशमै अबैध लागूऔषध मौलायो, प्रहरी कार्वाही तिब्र

तराईसंचार
309 पाठक संख्या
बारा । मधेश प्रदेशमै अबैध गाजाँ तस्करी मौलाएको छ । बारा प्रहरीले दैनिक जसो गाजा पक्राउ गर्दै आएकोमा शुक्रबार फेरी लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । शुक्रबारनै सिरहामा प्रहरीले सात सय किलोभन्दा बढी मात्रामा लागूऔषध गाँजा बरामद गरेको छ । रौतहटमा शुक्रबारनै लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ ।
बारामा पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका ७ मलाही टोलका ३४ वर्षीय धर्मेन्द्र सहनी मलाहा रहेका छन् । प्रहरी चौकी पथलैयबाट खटिएको प्रहरी टोलिले नारायणघाटबाट वीरगन्जतर्फ आउँदै गरेको ना.८ ख ७३४६ नम्बरको बस रोकेर जाँच गर्दा १० किलो सात सय ७८ ग्राम अवैध लागू औषध गाँजा बरामद भएको हो । प्रहरीका अनुसार उक्त बसमा सवार सहनीले बोकेको कालो झोलामा लुकाई छिपाई राखेको अवस्थामा गाँजा बरामद भएको हो। पक्राउ परेका सहनी माथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी सिरहामा शुक्रबार बिहान ठुलो परिमाणमा लागूऔषध गाँजा बरामद भएको छ । सुखीपुर नगरपालिका ४ पोखरियास्थित एक घरबाट प्रहरीले सात सय किलोभन्दा बढी मात्रामा लागूऔषध गाँजा बरामद गरेको हो । प्रहरी चौकी सिलौर्वापछवारी र सशस्त्र प्रहरी बेस क्याम्प खुसीपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले ६) वर्षीय मेदी यादवको घरमा छापा मार्दा घरभित्रै २७ पोका गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए । बरामद भएको २७ पोका गाँजा तौल गर्दा कुल ७१७।६ किलोग्राम रहेको छ । गाँजा बरामद भए पनि घटनाका मुख्य अभियुक्त घरधनी यादव फरार रहेका छन् । यादवको खोजी कार्य भइरहेको र थप अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।
त्यस्तै रौतहट प्रहरीले ठूलो परिमाणमा लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला रौतहट राजदेवी नगरपालिका ८ लक्ष्मिपुर टोलका २३ वर्षीय नितेश कुमार पण्डित र सोही ठाँउका ३२ वर्षीय पिन्टुकुमार यादव रहेका छन् । लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगन्ज र जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी निरिक्षक राम कुमार महतोको नेतृत्वमा खटिएको संयुक्त टोलिले गौर नगरपालिका १ स्थित शुभम होटल अगाडी बीआर ९५ यू ५८६० नम्बरको भारतीय मोटरसाइकलमा सवार दुवैजनामाथी शंका लागि जाँच गर्दा उनीहरूको साथबाट ठूलो परिमाणमा लागुऔषध फेला परेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट नाइट्रोभेट–१) ट्याबलेट एक हजार आठ सय, नेटजकेयर–१० ट्याब्लेट एक हजार दुई सय, डाइजिपाम तीन सय एम्पुल, फेनेर्गन तीन सय एम्पुल, बुप्रेनोर्फिन इन्जेक्सन तीन सय एम्पुल फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक कुमार रायले जानकारी दिए । साथै दुई थान मोबाइल फोन र एक थान मोटरसाइकल बरामद गरिएको छ ।
शेयर