अर्थमन्त्री रामेश्वर खनालद्धारा आन्तरिक राजस्व कार्यालय सिमरा बाराको निरिक्षण

तराईसंचार
521 पाठक संख्या
बारा । अर्थमन्त्री रामेश्वर खनालले जेन्जी आन्दोलनमा आगलागी र तोडफोड भएको आन्तरिक राजस्व कार्यालय सिमरा बाराको आज साझ  एक समारोहका बिच निरिक्षण गर्नु भएको छ ।
बिरगन्ज आउनु भएका अर्थमन्त्री खनाल सहित भन्सारका डिजी श्याम प्रसाद भण्डारी, राजस्व अनुसन्धान विभागका डिजी तिर्थ सिलवाल, विभागको राजस्व ब्यबस्थापन महाशाखाका प्रमुख उत्तर कुमार खत्री, बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र सहितको टोलीले निरिक्षण गर्नु भएको हो ।
अर्थमन्त्रीले चाडै सेवा दिन सक्ने गरी तयार गरेकोमा धन्यवाद दिदै दु्रत गतिमा काम गर्न निर्देशन दिनु भएको आन्तरिक राजस्व कार्यालय सिमराका प्रमुख दिनेश पाण्डेले बताउनु भएको छ । उहाँले आगलागी र तोडफोडबाट करिब तीन करोडको भौतिक सामाग्री नष्ट हुनुका साथै सेवाग्राहीका कागजात समेत जलेको बताउनु भएको छ । भर्खरै निर्माण सम्पन्न भएर हस्तान्तरण गर्न तयार अबस्थाको भवनमा आन्दोलनमा आगलागि गर्ने समुहको पहिचानका बारेमा समेत सोधपुछ गर्नु भएको थियो ।
अर्थमन्त्री खनाललाई जीतपुरसिमरा वडा नं. २ का वडाअध्यक्ष धन बहादुर श्रेष्ठ र स्थानीयले कार्यालयसगैको बाटो चौडा गर्न माग गरेका थिए ।
शेयर