जेनजीले बाराका सबै १६ वटै स्थानीय तहमा जेनजी समुह गठन गर्न शुरु

तराईसंचार
391 पाठक संख्या
पठन समय 2 मिनेट
कलैया । नयाँ पुस्ता समुह (जेनजी)ले बाराका सबै १६ वटै स्थानीय तहमा जेनजी समुह गठन गर्न शुरु गरेको छ। बाराको कलैयास्थित बारा उधोग बाणिज्य संघको सभाहलमा शनिबार जेनजी र युथ अफ बाराले पत्रकार सम्मेलन गरी सो बारे  जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै जेनजीका बारा संयोजक सर्माट उपाध्यायले अगामी कार्तिक २९ गतेसम्म जिल्लाका १६ वटै पालिकामा जेनजी समुह गठन गरिने तथा मंसिर ६ गते जिल्ला भेला गरिने जानकारी गराए । उनले जेनजी युवालाई एक जुट हुन आग्रह गरे । उनले गाउँ गाउँ र टोल टोलमा पुगेर भ्रष्टाचार बिरुद्ध अभियान समेत सञ्चालन गरिने बताए ।
पत्रकार सम्मेलनमा बोल्दै शौरभ पाण्डेयले जेनजी पुस्ताले सबैले गर्व गर्ने कार्य गर्ने बताए । उनले गलत कार्य गर्नेलाई कारवाही गर्नुपर्नेमा जोड दिए । राम्रो काम गर्नेलाई जेनजी पुस्ताले सहयोग गर्ने समेत बताए । पत्रकार सम्मेलनमा बोल्दै युवा अभियान्ता शौरभ चौगाईले स्वतन्त्र व्यक्तिलाई मात्र जेनजी समुहमा सहभागिता गराउने बताए । उनले शिक्षा, स्वास्थय क्षेत्रमा देखिएको कमी कमजोरीलाई सुधार गरिने , भ्रष्टाचार बिरुद्ध लडने समेत बताए ।
उक्त अवसरमा आर्दशकोतवाल गाउँपालिकाका प्रदिप कुशवाहा , सुवर्ण गाउँपालिकाका अजय यादवले आफनो पालिकामा रहेको बेथिती बारे जानकारी गराएका थिए ।
जिल्ला कमिटीका अध्यक्ष सम्राट उपाध्याय र जिल्ला समितिको रोहबरमा जीतपुरसिमरा उपमहानगरपालिका नगर कमिटी गठन गरिएको छ । राज थापाको अध्यक्षतामा ३३ सदस्यीय कार्य समिति चयन गरिएको छ ।
अध्यक्षः राज बहादुर थापा, उपाध्यक्षः कुनाल राज गिरी, उपाध्यक्षः सन्ध्या खरेल, कोसाध्यक्षः सेख रिजवान, सह–कोषाध्यक्षः सुजिता प्याकुरेल, सचिवः बिवेक रिजाल, सह–सचिवः सुदिप सिटौला, सदस्यहरुः धिरज सर्राफ, बिपुल सर्राफ, आशिष लम्साल, प्रिन्स शाह, अङ्गद अधिकारी, सेख सफिक, सिमन उपाधाय, संगम भट्टराई, निसान्त रिमाल , ज्ञान कुमार साह रहेका छन ।
त्यसैगरी सदस्यहरुमै आकाश वाइबा, शेख साहिल, राजेन्द्र सिलवाल, सोनम शर्मा, बासु खतिवडा, कुन्दन कुमार, शेख प्रबेज , सुजल पाठक, दिपेस श्रेष्ठ, रोजन सिम्खडा , निकेस पटेल , सोम सिंह, अहिल अहमद, इजहार अन्सारी, समान्ट साह, राम किसोर यादव सहित ७० विशेष सदस्य सहित जितपुर सिमराको जेन्जी युथ संगठन बिस्तार गरिएको छ ।
शेयर
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *