निजगढमा उपप्रमुख महिला प्रजनन स्वास्थ्य कार्यक्रमबाट ६९ जना लाभान्वित

तराईसंचार
531 पाठक संख्या

उपप्रमुख महिला प्रजनन स्वास्थ्य कार्यक्रम अर्न्तगत हरेक महिनाको पहिलो आईतबार सञ्चालन हुदै आएको एकिकृत महिला प्रजनन स्वास्थ्य कार्यक्रममा र्मसिर ७ गते आज ६९ जना महिलाहरुले सेवा प्राप्त गरेका छन ।


बाराको निजगढ प्राथमिक स्वास्थ्य केन्द्रमा नारायणी अस्पताल बिरगन्जकी बरिष्ठ स्त्री तथा प्रसुति रोग बिशेषज्ञ मञ्जु रायले क्लिनिकमा उपचार र परामर्श प्रदान गर्नु भएको थियो । जसमा पाठेघरकोे मुखको क्यान्सर जाँच भि.आई.ए. द्धारा जाँच २२ जना रहेका छन ।

त्यसैगरी महिलाहरुमा आङ्ग खस्ने समस्याको रिङ्ग पेसरीद्धारा उपचार ९ जना, अप्रेशनका लागि रिफर २ जना रहेका छन । त्यस्तै बाझोपनको उपचार २ जना, स्तन सम्बन्धि समस्या ३ जना र बाकी महिलाहरुसग सम्बन्धित अन्य समस्या भएकाहरुको उपचार र निशुल्क औषधीका साथै परामर्श प्रदान गरिएको कार्यक्रमको फोकल पर्सन नर्सिङ्ग रामप्यारी तिमल्सिनाले जानकारी दिनु भएको छ ।

शेयर