गुरुप्रसाद गौतम
बारा । बारागढी गाउपालिकाका अध्यक्ष अशोक जैसवालले दलित अपहेलित हुनु परेको बताउनु भएको छ । उहाँले कृषी र किसानकै लागि हाम्रो ध्यान केन्द्रित रहेको बताउनु भएको छ ।
तराई सञ्चारका लागि अर्न्तसंवाद कार्यक्रममा अध्यक्ष जैसवालले यस्तो बताउनु भएको हो । उहाँले मकै उत्पादनमा बाराकै एक नम्बरमा छ । सिचाईको सबैतिर प्रबन्ध गरेको छु । स्वास्थ्य , भौतिक पुर्वाधारमा समेत जोड दिएको छ । छ वटा स्वास्थ्य चौकीबाट सेवा प्रदान गरेका छौ । प्रसुती गृह र ल्याबको बन्दोबस्त छ । खानेपानीमा समेत हामीले सुरक्षित खानेपानी कसरी पुराउने भन्नेमा हामी लामगेका छौ । ल्याब चेक गरेर खानेपानी उपलब्ध गराएका छौ ।
खानेपानी टंकी बनेर सप्लाईमा आएको छैन । बिद्यालयमा सबै बिद्यालयमा सबै सुबिधा उपलब्ध गराएका छौ । शिक्षक नभएकोले तीन वटा कक्षाका बिद्यार्थि एउटै कक्षामा राखेर पढाउनु पर्ने अबस्थाको अन्त्य गर्न प्रयास गरेको बताउनु भएको छ । दलित बस्तीको विकास गर्न पहल गरी रहेका छौ ।
जनता आबसको एउटा पनि घर दलितको बनेन । दलितको तीन हजार मतदाता भएपनि एउटा पनि घर नबनेको छ । सांसदबाट दलित अपहेलित हुनु परेको छ । जनता आबास कार्यक्रम लक्षित बर्गका लागि छैन । बृद्ध बृदाहरुको सम्मान र सुविधामा काम गरेका छौ ।
कलैया मलाही सडक नबन्दा समस्या हुदै आएको छ । प्रदेश सरकारमा पटक पटक पहल गरेपनि हुन सकेको बताउनु भएको छ । बिस्तृत तराई सञ्चारको युबट्युबमा
र फेसबुकमा तराई सञ्चार एचडीमा हेर्न सक्नु हुन्छ ।





