२०८२ मंसिर १२ गते
किरन ब्रेभरेज नेपाल प्रा.लि. प्रस्रौनी निर ब्राण्डको पानी उद्योग बाराका ब्यबस्थापक राम किसोर सिहलाई हत्या गरिएको अबस्थामा फेला परेको छ । भलुही चौक नजिकै उनलाई धारिलो हतियारले घाटीमा हतियार प्रयोग गरी हत्या भएको हो ।
घटना बारे प्रहरीले छानविन शुरु गरेको छ । अनुसन्धानमा सहयोगी हुने कुकुर समेत ल्याएर घटनाको छानविन भईरहेको ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरिक्षक उपेन्द्र श्रेष्ठले बताउनु भएको छ । घटना पछि जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक सहितको थप टोली पनि घटनास्थलमा पुगेको छ ।
मृतकको लास चलाउनु अघि आफन्त नआएकोले आफन्तको प्रतिक्षा सहित थप अन्य अनुसन्धानको काम भईरहेको प्रहरीले जनाएको छ ।
घटनास्थल बिरगन्ज देखि करिब १० किलोमिटर पुर्व कलैया रोडमा पर्छ । सर्लाही धनकौल गाँउपालिका घर भएका ४२ वर्षिय सिंहको हत्या भएको घटनाबारे बिहान करिव ८ बजेतिर मात्रै सुचना प्राप्त भएको जिप्रका बाराका प्रवत्ता बिजय पण्डितले प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिसकेको बताएका छन् । उनले रामकिशोर सिंह लामो समयदेखि उद्योगमै बस्दै आएको र घाँटी रेटेर हत्या भएको अवस्थामा फेला पारेको बताए । घटनाको प्रहरीले पुष्टी गरेपनि छानविन भईरहेकोले थप विवरण पछि जानकारी गराउने जनाएको छ ।





