पानी उद्योग बाराका ब्यबस्थापक राम किसोर सिहलाई हत्या

तराईसंचार
453 पाठक संख्या
२०८२ मंसिर १२ गते
किरन ब्रेभरेज नेपाल प्रा.लि. प्रस्रौनी निर ब्राण्डको पानी उद्योग बाराका ब्यबस्थापक राम किसोर सिहलाई हत्या गरिएको अबस्थामा फेला परेको छ । भलुही चौक नजिकै उनलाई धारिलो हतियारले घाटीमा हतियार प्रयोग गरी हत्या भएको हो ।
घटना बारे प्रहरीले छानविन शुरु गरेको छ । अनुसन्धानमा सहयोगी हुने कुकुर समेत ल्याएर घटनाको छानविन भईरहेको ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरिक्षक उपेन्द्र श्रेष्ठले बताउनु भएको छ । घटना पछि जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक सहितको थप टोली पनि घटनास्थलमा पुगेको छ ।
मृतकको लास चलाउनु अघि आफन्त नआएकोले आफन्तको प्रतिक्षा सहित थप अन्य अनुसन्धानको काम भईरहेको प्रहरीले जनाएको छ ।
घटनास्थल बिरगन्ज देखि करिब १० किलोमिटर पुर्व कलैया रोडमा पर्छ । सर्लाही धनकौल गाँउपालिका घर भएका ४२ वर्षिय सिंहको हत्या भएको घटनाबारे बिहान करिव ८ बजेतिर मात्रै सुचना प्राप्त भएको जिप्रका बाराका प्रवत्ता बिजय पण्डितले प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिसकेको बताएका छन् । उनले रामकिशोर सिंह लामो समयदेखि उद्योगमै बस्दै आएको र घाँटी रेटेर हत्या भएको अवस्थामा फेला पारेको बताए ।  घटनाको प्रहरीले पुष्टी गरेपनि छानविन भईरहेकोले थप विवरण पछि जानकारी गराउने जनाएको छ ।
शेयर