साना किसान सहकारीको साधारण सभा, ५२ जना कृषक तथा योगदान पुराएकाहरुलाई कृषी सामाग्री दिएर सम्मान

तराईसंचार
160 पाठक संख्या
पठन समय 4 मिनेट

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१५ डुमरवाना स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडले आफनो क्षेत्रका ५२ जना कृषक तथा योगदान पुराएकाहरुलाई कृषी सामाग्री दिएर सम्मान गरेको छ । २९औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न गर्दै सहकारीले सो सम्मान गरेको हो ।

साधारण सभामा विभिन्न सेवा केन्द्र अन्तर्गत उत्कृष्ट कार्य गर्ने शेयर सदस्यहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। जेष्ठ महिला तथा पुरुष शेयर सदस्यलाई दोसल्ला, पोषिलो आहार र नगदसहित सम्मान गरिएको थियो। डुमरवाना, सिमरा, कतर्वा, कोल्हवी तथा निजगढ सेवाकेन्द्र अन्तर्गत पशुपालन, तरकारी तथा फलफूल खेती, बचत–ऋण कारोबार, घरेलु उद्योग, उत्कृष्ट समूह तथा अन्तरसमूहलाई सम्मान गरिएको थियो।

निजगढ सेवा केन्द्र अन्तर्गत उत्कृष्ट कार्य गर्ने शेयर सदस्यहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। व्यवसायिक पशुपालन दुग्धजन्यतर्फ जानुका फुँयाल , व्यवसायिक पशुपालन मासुजन्य बंगुर पालनतर्फ चरीमाया थिङ्ग र रीता पुलामी , व्यवसायिक तरकारी खेतीतर्फ रोजिना सिंतान , व्यवसायिक फलफुल खेती केरा खेतीतर्फ पुन्य कुमारी लामिछाने सम्मानित भएका छन् ।

त्यसैगरी, उत्कृष्ट बचत कारोबारतर्फ अञ्जना पौडेल , उत्कृष्ट ऋण कारोबारतर्फ सानीमाया लामा , उत्कृष्ट घरेलु उद्योग व्यापारतर्फ सन्जु देवी , उत्कृष्ट अन्तर समूहका रूपमा अन्तर समूह नं। ०४ तथा उत्कृष्ट समूहका रूपमा समूह नं। १४ लाई सम्मान गरिएको थियो ।

संस्थाको कार्यक्षेत्रभित्र रहेका संस्थागत तथा सामुदायिक विद्यालयबाट प्लस–टु तहमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। संस्थागत विद्यालयतर्फ लोटस एकाडेमी सिमराका पुरुषोत्तम के.सी. ९३.८८ जीपीए , सामुदायिक विद्यालयतर्फ श्री गौरी शंकर माध्यमिक विद्यालय निजगढकी प्राश्मा थपलिया ९३।७७ जीपीए, श्री ने.रा.मा.वि. दुधिअवा, रौतहटका भुवन केसी ९३.७७ जीपीए तथा श्री ने.रा.मा.वि. सिमराकी आकृति पुलामी ९३.५१ जीपीए लाई सम्मान गरिएको थियो।

संस्थामा कार्यरत कर्मचारीहरूमध्ये वर्ष उत्कृष्ट कर्मचारीका रूपमा राम प्रसाद उप्रेतीलाई दोसल्ला, प्रशंसा पत्र र नगदसहित सम्मान गरिएको थियो भने सेवाकेन्द्र प्रबन्धक सर्वत कुमारी गुरुङ्गलाई विदाइ गरिएको थियो ।

२९औँ वार्षिक साधारण सभाको उद्घाटन प्रमुख अतिथि जेष्ठ सेयर सदस्य चन्द्रकली रिजाल, सभाध्यक्ष संस्थाका अध्यक्ष प्रदीप सिंह बराल, वडा अध्यक्ष त्रय राम प्रसाद लामिछाने, चयन मगर गुरुङ्ग, हरीदेव खरेल तथा मञ्चासिन अतिथिहरूले संयुक्त रूपमा पानसमा बत्ती बालेर गरिएको थियो ।

साधारण सभामा संस्थागत प्रतिवेदन प्रस्तुत संस्थाका अध्यक्ष प्रदीप सिंह बराल, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन संयोजक शारदा खड्काले प्रस्तुत गरेका थिए ।


आर्थिक वर्ष २०८१÷०८२ को प्रगति विवरण तथा आर्थिक वर्ष २०८२/०८३ को अनुमानित वार्षिक बजेट तथा कार्यक्रम मुख्य प्रबन्धक प्रकाश रिमालले प्रस्तुत गरेका थिए । सभामा विभिन्न सहकारीका प्रतिनिधि, स्थानीय तहका अगुवा, शिक्षाविद्, सञ्चारकर्मी तथा शेयर सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

संस्थाका अध्यक्ष प्रदीप सिंह बरालको सभाध्यक्षतामा भएको कार्यक्रममा सञ्चालक समितिको तर्फबाट सुकुमाया वाइबाले स्वागत र वरिष्ट प्रवन्धक राजेन्द्र प्रसाद जमकटेलको सञ्चालन रहेको थियो ।


कार्यक्रममा स्थानीय सहकारीका प्रतिनिधि, सञ्चारकर्मी, शैक्षिक संघसंस्थाका प्रतिनिधि तथा स्थानीय तहका अगुवाहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै सहकारीले ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा महत्वपूर्ण योगदान पु¥याएको धारणा राखेका थिए ।
साधारण सभामा स्थानिय तहको संस्थाको तर्फबाट वडा नं। १४ की वडा अध्यक्ष चयन मगर गुरुङ्ग, १५ का वडा अध्यक्ष राम प्रसाद लामिछाने र १६ का हरीदेव खरेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

त्यस्तै स्थानीय सहकारीहरुको तर्फबाट सप्तरंगी साकोसकी अध्यक्ष शोभा के।सी, सिमरा महिला सकोसकी अध्यक्ष भिमा देवी शर्मा, हातेमालो साकोसका चुडामणि गौतम, शैक्षिक संघ संस्थाकोतर्फबाट राष्ट्रिय विभूती नेटवर्कका डाइरेक्टर श्याम प्रसाद भट्टराई, जनता मा।वि रजघट्टाका प्रधानाध्यापक राजु प्रसाद अधिकारी, संचारकर्मी तथा पत्रकारहरुको तर्फबाट गुरु प्रसाद गौतम र गायन प्रस्तुती विदुर खड्काको रहेको थियो ।

शेयर
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *