गुरुप्रसाद गौतम
बारा । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आगामी २०८२ मंसिर २७–२९ गते सम्पन्न गर्नका लागि हरेक सबै जिल्लाहरुमा एक पटक एकै दिन प्रतिनिधि छनौट गर्ने भएको छ । एमालेले मसिंर १३ गते एकै पटक देशभर प्रतिनिधि छनौट गर्न लागेको हो ।

नेकपा एमाले अन्तरपार्टी निर्देशन १३ कार्तिक १८ मै जारी भएको अनुसार निर्वाचनको प्रकृया अघि बढेको हो । जस अनुसार १०१ मनोनित र निर्वाचित २०२६ गरी कुल देशभरबाट २१२७ जना निर्वाचन प्रतिनिधि हुनेछन र यीनैले नेकपा एमालेमा कसलाई नेतृत्वमा ल्याउने भन्ने निर्णय गर्नेछ ।
नेकपा एमालेको निर्देशन अनुसार १२०० सम्म पार्टी सदस्य बराबर ४० वर्षमुनिका एक युवा प्रतिनिधि र कम्तिमा एकजना महिला सहित ४ जना प्रतिनिधि तय गरेको छ । त्यसैगरी १२०० सम्म पार्टी सदस्यमा थप ८०० नाघेमा एक महिला हुने फेरी प्रत्येक ८०० मा खुल्ला थपिने ब्यबस्था गरेको छ ।
त्यसैगरी जिल्लाबाट ५०० मा एक दलित ५०० नाघेमा थप एक जना दलित हुने ब्यबस्था गरेको छ । त्यसैगरी मजदुरको हकमा ३ महिला सहित सात जना प्रदेश बाट निर्वाचित हुने ब्यबस्था गरेको छ ।
बाराको क्षेत्र नं. १ मा २४४१ , २ मा १३७६, ३ मा ३०६४ र ४ मा ३९७९ र मजदुर ४९ जना पार्टी सदस्य रहेका छन । यी सदस्यहरुबाट १३ गते निर्वाचन हुन लागेको हो ।
जसका लागि बारा क्षेत्र नं. १ मा भरत भण्डारीको संयोजकत्वमा रहेको निर्वाचन समिति बनेको छ । जिल्ला कार्य समितिले चारै क्षेत्रमा निर्वाचन समिति बनाएर तीन दिनमै निर्वाचन सम्पन्न गर्न लागेको हो । जिल्ला अध्यक्ष अध्यानन्द पाण्डेले सबै क्षेत्रलाई निर्वाचन तालिकानै बनाएर पठाएका छन । जस अनुसार मनोनयन दर्ता आज ११ गते ११ वजे देखी ३ बजेसम्म रहेको छ ।
त्यसैगरी दावी बिरोध ३ बजेदेखि ४ बजेसम्म रहेको छ । त्यसैगरी उम्मेदवारी फिर्ता १२ गते ११ बजे देखी २ वजे सम्म तय गरिएको छ । त्यस्तै अन्तिम नामावली प्रकाशन १२ गते ५ बजेसम्म रहेको छ । नेकपा एमालेले प्रतिनिधि बन्न उम्मेदवारी शुल्क १००० तोकोको छ । उम्मेदार हुन चाहिनेहरुका लागि पार्टी सदस्यता लिएका ७ बर्ष पुगेको हुनु पर्ने र नया पार्टि प्रवेशीका लागि यो नियम लाग्ने छैन । बाराको क्षेत्र नं. १ बाट ५ जना प्रतिनिधि छानिने छन ।
क्षेत्र नं. १ को निर्वाचन समितिको सदस्यहरुमा रामजी बजगाई, पुरनदेव चौधरी, गोकुल घोरसाईने, नेत्र प्रसाद पौडेल रामु खनाल रहेका छन । यस पटक केन्द्रदेखिनै दुईवटा प्यानल बनेकाले सर्व सहमति हुने सम्भावना कम रहेको एमाले कार्यकर्ताहरुले जनाएका छन । सा.तराई सञ्चार रा.दैनिक











